News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गरिबको छाप्रोमा के हुनु दशैंको रौनक

    हिमालीसंचार संवाददाता
    २७७ पटक

    रोशन पराजुली/हेटौंडा – पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-९ निवासी उहाँ आखा कम देख्नुहुन्छ, हातगोडा सुकेर चाउरी परेका छन्। हातभरि घाउ नै घाउ छन्। घाउ कुनै रोग लागेर होइन। सिलाबरे तार जाली बोकेर घरसम्म ल्याउँदा र त्यही जालीलाई कुच्याएर सानो बनाउँदा उहाँको हातभर चोटैचोट लागेको हो। यो उहाँको नियति नै बनेको छ। ७७ वर्षीय चसबहादुर भ्लोनले जीवनको यो उमेरसम्म पनि कहिल्यै सुखको सास फेर्न पाउनुभएको छैन।

    वडादशैंमा हुनेहरुका लागि किनमेल सुरु भइसकेको छ। भ्लोनलाई भने दशैंको कुनै माहोल लागेको छैन। छरछिमेकी दशैंको जोहो गर्नतिर लागेका छन्। घरमा परिवार जम्मा भएका छन् तर, भ्लोनको घरमा दशैंको लागि केही सोचिएकै छैन।

    बिरामी पत्नीलाई औषधी त किनेर खुवाउन सकिएको छैन। दशैं कसरी मनाउनु र खै, आउँछ, जान्छ’, उहाँले भन्नुभयो–पैसा भएन भने दुःख पाइने रहेछ। दुःख गरेर २ जनाको प्राण धानिरहेका चसबहादुर आफु पनि कहिले बिरामी हुन्छु कि भन्ने डर लागेको बताउनुहुन्छ। भ्लोन दम्पती सुखको दिन आउला कि भन्ने पर्खाइमा सन्तानलाई सम्झँदै बस्ने गरेका छन्।

    घरका दम्पती दुवै बृद्धावस्थाका हेरविचार गर्ने, स्याहारसुसार गर्ने त कुरै छैन, कमाएर दुई छाक जोहो गरिदिने सन्तान साथमा नहुँदा भ्लोन दम्पतीको अबस्था दयनीय छ। २ छोरा र ३ छोरीका बुबा चसबहादुर बुढेसकालमा सहारा दिने कोही नभएपछि जीवन धान्नका लागि फालिएको तार जाली टुक्र्याएर कवाडीकोे भाउमा बेच्ने गर्नुभएको छ।

    स्थानीय तारजाली उद्योगबाट खेरजाने जालीहरु बटुलेर उहाँ घरसम्म ल्याउनुहुन्छ। काठ र जस्तापाताले बेरेर बनाइएको घरको सानो साघुरो पिंढीमा बसेर ढुंगामा जाली राख्दै हथौडाले कुच्याउँदै छुट्याएर राख्नुहुन्छ उहाँ। टुक्रा पारेर तयारी अबस्थामा रहेको तार थोरै मुल्यमा बेच्नुहुन्छ।

    यो कामले उहाँलाई ज्यान पाल्न मुस्किल त अवश्य पनि भएको छ, त्यसमाथि पत्नीको उपचारका लागि के गर्ने र कसो गर्ने भन्ने पिरले कहिले रातमा निद्रा लाग्ने नगरेको सुनाउँदै भ्लोन भक्कानिनुभयो। उहाँकी ७८ वर्षीया पत्नी ठुलीमाया भ्लोन केही वर्षदेखि ओच्छ्यान पर्नुभएको छ। सुगर र प्रेसरले ग्रस्त ठुलीमाया बसेर खाना पकाउनमात्र सक्नुहुन्छ।

    ठुलीमाया भन्नुहुन्छ–छोराबुहारी, नातीनातिना सबै छन्। चितवनतिरै बस्ने गरेका छन्। आमाबुबा छन् भनेर कहिल्यै सम्झेर घर फर्कंदैनन्। पतिले यो काम गरेर हप्तामा २/३ सय कमाउनुहुन्छ। यसैले प्राण धानिरहेका छौं। थाहा छैन पति पनि बिरामी भए भने हाम्रो के हालत होला। सन्तानको धनी भएर पनि माया पाउन सकिएन,’ उहाँको गुनासो छ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एकता पार्टी घोषणा, पृथ्वीपथ र महेन्द्रपथ मूल सिद्धान्त

    काठमाडौं। डा.महेन्द्रजंग शाहको अध्यक्षतामा नेपाल एकता पार्टी घोषणा भएको छ। आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा...

    फर्मासिस्टले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

    काठमाडौँ। आगामी पुस ४ गतेदेखि फर्मासिस्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था...

    घुम्ती शिविरबाट ४ सय नेपालीले लिए राहदानी

    क्यानडामा सञ्चालित घुम्ती शिविरबाट क्यानडाका ४ सय नेपालीले लिए राहदानी क्यानडा। क्यानडाको राजधानी ओटावास्थित नेपाली...

    द्वन्द्वपीडित भन्छन्- ‘घर गुजारा चलाउन पनि कठिनाइ भयो’

    नेपालगञ्ज। सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा...

    मन्त्री पाण्डेसँग सांसद बजगाईंले मागे माफी

    काठमाडौं। नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले पर्यटनमन्त्री बद्री पाण्डेसँग माफी मागेका छन्। सांसद बजगाईँले मन्त्री...