News Portal

  • प्रदेश सांसद निमा लामाको पहलमा हेलम्बु बोल्देका विस्थापित परिवारलाई खाद्यान्न सहयोग

    हिमालीसंचार संवाददाता
    ३४७ पटक

    दुर्गा श्रेष्ठ/सिन्धुपाल्चोक – प्रदेशसभा सदस्य निमा लामाको पहलमा हेलम्बु बोल्देका विस्थापित परिवारलाई खाद्यान्नलगायत राहत सामग्री वितरण गरिएको छ। मंगलबार बोल्दे पुगेर लामाले पहिरोबाट विस्थापित भएका वडा नम्बर ५ का ६० परिवारलाई खाद्यान्न वितरण गरेका हुन्।

    पीडितलाई प्रति परिवार २ बोरा चामल, २ वटा कम्वल, नुन, तेल साबुन, माक्स, स्यानीटेरी प्याड वितरण गरिएको प्रदेश सांसद लामाले बताए। पीडितलाई राहतका लागि चाइल्ड इज नेपाल र समाजसेवी रेञ्जेन लामा र छिरिङ लामाले खाद्यान्नलगायत सामग्री उपलब्ध गराएका थिए।

    बाह्रबिसे, भोटेकोसी र जुगललगायत पहिरो पीडित भएका स्थानमा धेरै राहत सामग्री पुगेपनि हेलम्बुको बोल्देका पीडितसमक्ष राहत नपुगेकाले खाद्यान्नलगायत राहत सामग्री लिएर गएको लामाले बताए। बोल्दे गाउँनै पहिरोको जोखिममा रहेकाले स्थानीयहरु विस्थापित जीवन बिताउन बाध्य छन्। यो क्षेत्र सांसद लामाको निर्वाचन क्षेत्र पनि हो।

    राहत वितरणका लागि नेपाली कांग्रेस जिल्ला सभापति विकास लामा, क्षेत्रीय सभापति आइतमान तामाङ, क्षेत्रीय सचिव रमेश राज भण्डारी, पत्रकार सुदर्शन आचार्यलगायत नेताहरु समेत बोल्दे पुगेका थिए। राहत पाएपछि आफूलाई केही दिनको लागि खाद्यान्न समस्या नहुने भन्दै पहिरोबाट विस्थापितहरु खुशी भएका छन्।

    प्रदेश विपद व्यवस्थापन निर्देशक समितिले हेलम्बु, पाँचपोखरी र मेलम्ची नगरपालिकाका लागि १५/१५ लाख रकम छुट्याएको छ। बस्ती स्थानान्तरणका लागि केही दिनमै उद्योग, पर्यटन, वन, वातावरण समितिका अध्यक्ष रमा आलेसहितको टोली सिन्धुपाल्चोकको पहिरोबाट प्रभावित क्षेत्रमा अध्ययनका लागि पुग्दैछ।

    कार्यक्रममा बोल्देका विस्थापितलाई कसरी स्थानान्तरण गर्ने भन्ने विषयमा बोल्देको पनि स्थलगत अनुगमन गर्ने सांसद लामाले बताए। लामा सो समितिका सदस्य छन्।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    बैंक तथा सहकारी शिक्षा सम्बन्धी तालिम सुरु

    रबिन्द्र बराल/ मोरङ, असार ६ – सुनवर्सी–५ स्थित वडा कार्यालयमा तीन दिने बैंक तथा सहकारी...

    आज २०७२ साल असार ६ गतेको राशिफल

    आज असार ६, २०८२ (जुन २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    मितेरी सहकारी ठगी प्रकरणः ज्योतिबहादुर भण्डारीविरुद्ध ७ दिनको म्याद थप

    काठमाडौं, असार ५ – कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएका मितेरी सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त...

    अफताब आलमलाई सफाइ दिने दुई न्यायाधीशमाथि छानबिन, न्याय परिषद्मा तानिए

    काठमाडौं, असार ५ – नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत...

    नेपालमा फेरि कोरोना संक्रमण देखिन थाल्यो, सीमा नाकाबाट जोखिम बढ्दै

    काठमाडौं, असार ५ – नेपालमा कोरोना भाइरस संक्रमण पुनः देखिन थालेको छ। पछिल्लो समय मौसम...