News Portal

प्रतिरोधी क्षमता बढाउन पोषणविद्को महत्वपूर्ण सुझाव

हिमाली संचार संवाददाता
५७० पटक

प्रतिरोधात्मक शक्ति बढाउन हामीले कार्बोहाइडेट, प्रोटिन, भिटामिन मिलाएर खानुपर्छ । अण्डा, तरकारी दाल गेडागुडी, दूध, दही माछा, मासु खान्छौं । भिटामिन सी जसले इम्युनिटी पावर बढाउँछ, त्यसका लागि कागती खान सक्छौं । सिजनमा मेवा, हुन त प्रतिरोधी क्षमता बढाउने फलमा अमला, किबी, अम्बा, जुनार र स्ट्रोबरी पनि लिन सकिन्छ ।

त्यस्तै, ब्रो काउली, पालुंगो, पालक, गोलभेंडा लिन सक्छौं । प्राकृतिक एन्टिभाइटिका रूपमा लसुन, अदुवा बेसार हामी दिनदिनै खाने कुरामा राख्न् गर्छौ । लसुनले हाम्रो रक्त सञ्चारलाई सन्तुलन गर्छ । अदुवाले दुखाइ कम गर्ने र शरीर स्फुर्त राख्ने काम गर्छ । बेसारले बाह्य संक्रमणलाई निस्तेज पार्न वा कोषहरूको क्षयीकरण रोक्नमा मद्दत गर्छ । 

सकेसम्म दैनिक रूपमा गेडागुडी, अन्न उमारेर प्रयोग गर्न सक्यो भने त्यसले इम्युनिटी पावर विकास गर्छ । त्यस्तै प्रोटिनमा् बदाम, आल्मन, काजु, चना, टुसा उमारेको गेडागुडी आउँछ त्यसैगरी भिटामिन ईले हाम्रो छालालाई स्वस्थ राख्न प्रयोग गर्छ ।

यसका लागि गाढा हरियो सागपात, सूर्यमुखीको बियाँ, एभोकाडो, ब्रोकाउली, पालुंगो प्रयोग गर्न सक्छौं । भिटामिन बी ६ले रक्तकोसिकाको उत्पादन गर्छ । सूर्यमुखीको बियाँ, चना, दूध यसमा पर्छ । यो पनि दैनिक नै प्रयोग गर्न सकिने खानेकुरा हो ।

दही, चिज, गुन्द्रुकले पाचनलाई राम्रो गराउँछ । आयुर्वेदमा एन्टिभाइरल खानेकुरा भन्छौं, जसले गर्दा भाइरललाई रोक्छ । हरियो लसुन, ताजा अदुवा, जेठीमदु टिमुर यिनीहरूलाई एन्टिभाइरलका रूपमा लिन्छ । अर्को भनेको श्वास–प्रश्वास राम्रो गर्ने खानेकुरामा गाउँघरमा असुरो पाइन्छ । त्यसलाई थोरै मात्रामा प्रयोग गर्न सकिन्छ ।

मरिच, पिप्ला, अदुवा, पाँच औंले, यार्सागुम्बा, अशोकगन्धा यिनीहरूलाई श्वास–प्रश्वास राम्रो गर्ने औषधिका रूपमा गाउँमा प्रयोग गर्न सक्छौं । अर्को कीटनाशक अर्थात् रक्तशोधन गर्ने । रगतलाई सफा राख्ने । गुर्जु, चिराइतो, गुम्पाती । गाउँमा यी सबैजसो पाइन्छन् । ३२ मसला, ११ मसला, ७ मसला भन्ने विविध मसला प्रयोग गर्छौं त्यो पनि हाम्रो लागि एकदमै राम्रो हुन्छ ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...