News Portal

प्रतिरोधी क्षमता बढाउन पोषणविद्को महत्वपूर्ण सुझाव

हिमाली संचार संवाददाता
५३५ पटक

प्रतिरोधात्मक शक्ति बढाउन हामीले कार्बोहाइडेट, प्रोटिन, भिटामिन मिलाएर खानुपर्छ । अण्डा, तरकारी दाल गेडागुडी, दूध, दही माछा, मासु खान्छौं । भिटामिन सी जसले इम्युनिटी पावर बढाउँछ, त्यसका लागि कागती खान सक्छौं । सिजनमा मेवा, हुन त प्रतिरोधी क्षमता बढाउने फलमा अमला, किबी, अम्बा, जुनार र स्ट्रोबरी पनि लिन सकिन्छ ।

त्यस्तै, ब्रो काउली, पालुंगो, पालक, गोलभेंडा लिन सक्छौं । प्राकृतिक एन्टिभाइटिका रूपमा लसुन, अदुवा बेसार हामी दिनदिनै खाने कुरामा राख्न् गर्छौ । लसुनले हाम्रो रक्त सञ्चारलाई सन्तुलन गर्छ । अदुवाले दुखाइ कम गर्ने र शरीर स्फुर्त राख्ने काम गर्छ । बेसारले बाह्य संक्रमणलाई निस्तेज पार्न वा कोषहरूको क्षयीकरण रोक्नमा मद्दत गर्छ । 

सकेसम्म दैनिक रूपमा गेडागुडी, अन्न उमारेर प्रयोग गर्न सक्यो भने त्यसले इम्युनिटी पावर विकास गर्छ । त्यस्तै प्रोटिनमा् बदाम, आल्मन, काजु, चना, टुसा उमारेको गेडागुडी आउँछ त्यसैगरी भिटामिन ईले हाम्रो छालालाई स्वस्थ राख्न प्रयोग गर्छ ।

यसका लागि गाढा हरियो सागपात, सूर्यमुखीको बियाँ, एभोकाडो, ब्रोकाउली, पालुंगो प्रयोग गर्न सक्छौं । भिटामिन बी ६ले रक्तकोसिकाको उत्पादन गर्छ । सूर्यमुखीको बियाँ, चना, दूध यसमा पर्छ । यो पनि दैनिक नै प्रयोग गर्न सकिने खानेकुरा हो ।

दही, चिज, गुन्द्रुकले पाचनलाई राम्रो गराउँछ । आयुर्वेदमा एन्टिभाइरल खानेकुरा भन्छौं, जसले गर्दा भाइरललाई रोक्छ । हरियो लसुन, ताजा अदुवा, जेठीमदु टिमुर यिनीहरूलाई एन्टिभाइरलका रूपमा लिन्छ । अर्को भनेको श्वास–प्रश्वास राम्रो गर्ने खानेकुरामा गाउँघरमा असुरो पाइन्छ । त्यसलाई थोरै मात्रामा प्रयोग गर्न सकिन्छ ।

मरिच, पिप्ला, अदुवा, पाँच औंले, यार्सागुम्बा, अशोकगन्धा यिनीहरूलाई श्वास–प्रश्वास राम्रो गर्ने औषधिका रूपमा गाउँमा प्रयोग गर्न सक्छौं । अर्को कीटनाशक अर्थात् रक्तशोधन गर्ने । रगतलाई सफा राख्ने । गुर्जु, चिराइतो, गुम्पाती । गाउँमा यी सबैजसो पाइन्छन् । ३२ मसला, ११ मसला, ७ मसला भन्ने विविध मसला प्रयोग गर्छौं त्यो पनि हाम्रो लागि एकदमै राम्रो हुन्छ ।

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...