News Portal

  • समाचार प्रभाव: शिवचरणको घरमा पुग्यो खाधन्न सामग्री

    हिमाली संचार संवाददाता
    ४७७ पटक
    २०७७ भाद्र ९, मंगलवार

    रबिन्द्र बराल, मोरङ । श्रीमानकाे खुट्टा भाचिएपछि ८५ बर्षिया श्रीमती गाउँ घरमा मजदुरी गर्ने बाध्य भइन भन्ने खवर प्रसारण भएपछि सहयोगी हातहरु जुटेका छन। मोरङको रंगेली नगरपालिका ३ स्थित चिलुवा  चाेकमा बस्दै आएका ७५ बर्षिय शिव चरण यादव बिगत ६ महिना देखि दुबै खुट्टा भाचिएपछि उनी अहिले निकै समस्यामा परेकाे समचार सम्प्रेषण भएपछि उनको घरमा अहिले खाध सामाग्रीहरु हस्तान्तरण गरिरहेका छन्।

    नेपाल अटो वर्सकप व्यवसाय संघद्वारा ५० केजी चामल, ५ केजी भुजा, २ केजी नुन, ६ डल्ला साबुन, २ लिटर लेत, ५ प्याकेट सोयाबीन र नगद १५ सय रुपैयाँ गरिव परिवारलाई संघका रमेश थपलिया र विश्वनाथ प्रसाद गुप्ताबाट उक्त सहयोग  हस्तांतरण गरेका छ।

    त्यस्तै, झापा घर भएका अनिरुद्र श्रेष्ठले २५ केजी चमाल, ५ केजी चामल र एक काटुन चाउचाउ र रंगेलीका स्थानीय ओमकार थापाले उक्त बालकलाई २ प्याकेट ल्याकाेजिन तथा स्थानीय ब्यपारी अनिल महेश्वरीद्वारा एक काटुन चाउचाउ सहयोग गरेका छन। 

    सामाग्री एभिन्युज टेलिभिजनका माेरङ सम्बादाता रबिन्द्र बरालबाट हस्तान्तरण गरिएको थियोे। श्रीमत विमला यादवले भनिन आफ्नो घरमा खानको लागि केही नभएको अवस्थामा यसरी सहयोग गरेकाेमा आफू धेरै खुशी भएको बताइन। उनका एक छाेरा, बुहारी, दुई छाेरीसमेत सोही घरमा बस्दै आएका छन।

    ६ महिना अगाडि शिवचरणको चिप्लिएर लडेपछि उनकाे दुबै खुट्टा भाचिएको हो। आर्थिक अभावका कारण समयमै उपचार हुन नपाउदा उनी अहिले दिन रात ओछ्यानमा नै दिन काटन बाध्य भएका छन।

    श्रीमानको खुट्टा भाचिएपछि  ओछ्यानमा थला परेपछि ३५ बर्षका छाेरा दिन भरि बुवाकाे स्याहारसुसारमा ब्यस्त हुन थाले पछि  उनको  घरकाे चुलाे समेत बल्न छाडेको हो। बृद्धअबश्थामा रहेको आमा  अहिले ७ परिवारलाई पालनपोषणका लागि गाउँ घरमा ज्यालादारी गर्न जाने गरेको  छाेरा जाेगेन्द्रले बताए। बर्षाे देखि एलानी जग्गामा बस्दै आएका यादव परिवारमा अहिले यी परिवारमा दुई छाक हातमुख जाेडन धाैधाै परिरहेको छ।

     बृद्ध भएको आमाले आफ्नाे सन्तानका लागि कहिले काहीँ आघा केजी चामल त कहिले १ केजी चामल किनेर ल्याउने गरेको र त्यही ७ जना परिवारले खाने गरेको र कहिले काहीँ त भाेकै बस्ने गरेको दुखेसाे पाेखिन। घरमा सानाे नानीहरु समेत रहेको र उनीहरुका लागि दैनिक दुध किनेर खुवाउनु पर्ने र आमाको समेत दूध नआउने गरेको हुनाले बच्चाहरुलाई समेत पालनपोषणमा निकै समस्या परेको जाेगेन्द्रले बताए।

     उनीहरुका सात परिवार अहिले दाउरा राख्ने घरमा सुत्ने गरेका छन। गाई बस्तु बाधनका लागि बनाएकाे घरमा खाना पकाउने गरेका छन। जाेगेन्द्रले आफ्नाे छाेरा छाेरीका लागि दुघ खुवाउन तथा परिवारलाई पालनपोषणका लागि गाउँ घरमा ४० हजार रुपैयाँ ऋण लिएकाे र अहिले दैनिकी साहुको ऋण फिर्ता गर्नु भन्दै दैनिकी जसाे घरमा आएर माग्ने गरेको समेत बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    उत्तराखण्डको विपत्तिमा जाजरकोटका एकै परिवारका पाँचसहित सात नेपालीको ज्यान

    सुर्खेत, साउन २३ – भारतको उत्तराखण्ड राज्यमा आएको ‘क्लाउड ब्रस्ट’का कारण उत्पन्न भीषण बाढी र...

    सर्लाहीमा विद्यालय बस दुर्घटनामा १३ वर्षीय विद्यार्थीको दुःखद निधन

    सर्लाही, साउन २३ – सर्लाहीको बरहथवामा भएको एक दुःखद घटनामा विद्यालय बसको ढोकाबाट खस्दा १३...

    आज २०८२ साल साउन २३ गतेको राशिफल

    आज साउन २३, २०८२ (अगस्त ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विद्या भण्डारी समूहले बानेश्वरमा खोले सम्पर्क कार्यालय, तीन दशकअघिको घरमै फेरि गुञ्जिने राजनीति

    काठमाडौं, साउन २२ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशसँगै उनको...

    रुपन्देही कारागारमा रवि भेटेपछि बाबुरामको टिप्पणी : “पत्रिका पढ्नसमेत नदिइएको अचम्म लाग्यो”

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का...