News Portal

समाचार प्रभाव: शिवचरणको घरमा पुग्यो खाधन्न सामग्री

हिमाली संचार संवाददाता
५७३ पटक
२०७७ भाद्र ९, मंगलवार

रबिन्द्र बराल, मोरङ । श्रीमानकाे खुट्टा भाचिएपछि ८५ बर्षिया श्रीमती गाउँ घरमा मजदुरी गर्ने बाध्य भइन भन्ने खवर प्रसारण भएपछि सहयोगी हातहरु जुटेका छन। मोरङको रंगेली नगरपालिका ३ स्थित चिलुवा  चाेकमा बस्दै आएका ७५ बर्षिय शिव चरण यादव बिगत ६ महिना देखि दुबै खुट्टा भाचिएपछि उनी अहिले निकै समस्यामा परेकाे समचार सम्प्रेषण भएपछि उनको घरमा अहिले खाध सामाग्रीहरु हस्तान्तरण गरिरहेका छन्।

नेपाल अटो वर्सकप व्यवसाय संघद्वारा ५० केजी चामल, ५ केजी भुजा, २ केजी नुन, ६ डल्ला साबुन, २ लिटर लेत, ५ प्याकेट सोयाबीन र नगद १५ सय रुपैयाँ गरिव परिवारलाई संघका रमेश थपलिया र विश्वनाथ प्रसाद गुप्ताबाट उक्त सहयोग  हस्तांतरण गरेका छ।

त्यस्तै, झापा घर भएका अनिरुद्र श्रेष्ठले २५ केजी चमाल, ५ केजी चामल र एक काटुन चाउचाउ र रंगेलीका स्थानीय ओमकार थापाले उक्त बालकलाई २ प्याकेट ल्याकाेजिन तथा स्थानीय ब्यपारी अनिल महेश्वरीद्वारा एक काटुन चाउचाउ सहयोग गरेका छन। 

सामाग्री एभिन्युज टेलिभिजनका माेरङ सम्बादाता रबिन्द्र बरालबाट हस्तान्तरण गरिएको थियोे। श्रीमत विमला यादवले भनिन आफ्नो घरमा खानको लागि केही नभएको अवस्थामा यसरी सहयोग गरेकाेमा आफू धेरै खुशी भएको बताइन। उनका एक छाेरा, बुहारी, दुई छाेरीसमेत सोही घरमा बस्दै आएका छन।

६ महिना अगाडि शिवचरणको चिप्लिएर लडेपछि उनकाे दुबै खुट्टा भाचिएको हो। आर्थिक अभावका कारण समयमै उपचार हुन नपाउदा उनी अहिले दिन रात ओछ्यानमा नै दिन काटन बाध्य भएका छन।

श्रीमानको खुट्टा भाचिएपछि  ओछ्यानमा थला परेपछि ३५ बर्षका छाेरा दिन भरि बुवाकाे स्याहारसुसारमा ब्यस्त हुन थाले पछि  उनको  घरकाे चुलाे समेत बल्न छाडेको हो। बृद्धअबश्थामा रहेको आमा  अहिले ७ परिवारलाई पालनपोषणका लागि गाउँ घरमा ज्यालादारी गर्न जाने गरेको  छाेरा जाेगेन्द्रले बताए। बर्षाे देखि एलानी जग्गामा बस्दै आएका यादव परिवारमा अहिले यी परिवारमा दुई छाक हातमुख जाेडन धाैधाै परिरहेको छ।

 बृद्ध भएको आमाले आफ्नाे सन्तानका लागि कहिले काहीँ आघा केजी चामल त कहिले १ केजी चामल किनेर ल्याउने गरेको र त्यही ७ जना परिवारले खाने गरेको र कहिले काहीँ त भाेकै बस्ने गरेको दुखेसाे पाेखिन। घरमा सानाे नानीहरु समेत रहेको र उनीहरुका लागि दैनिक दुध किनेर खुवाउनु पर्ने र आमाको समेत दूध नआउने गरेको हुनाले बच्चाहरुलाई समेत पालनपोषणमा निकै समस्या परेको जाेगेन्द्रले बताए।

 उनीहरुका सात परिवार अहिले दाउरा राख्ने घरमा सुत्ने गरेका छन। गाई बस्तु बाधनका लागि बनाएकाे घरमा खाना पकाउने गरेका छन। जाेगेन्द्रले आफ्नाे छाेरा छाेरीका लागि दुघ खुवाउन तथा परिवारलाई पालनपोषणका लागि गाउँ घरमा ४० हजार रुपैयाँ ऋण लिएकाे र अहिले दैनिकी साहुको ऋण फिर्ता गर्नु भन्दै दैनिकी जसाे घरमा आएर माग्ने गरेको समेत बताए।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...