News Portal

तोकिएको समयमा निर्वाचन गर्न दलहरूको साझा सहमति आवश्यक : प्रचण्ड

२१६ पटक

काठमाडौं, मंसिर १ — आगामी निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न राजनीतिक दलहरूको एकमत आवश्यक रहेको नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।

सोमबार राजधानीमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले सबै दलले जिम्मेवारीका साथ अघि बढे मात्र निर्वाचनको वातावरण बनाउन सकिने बताए। उनका अनुसार सरकारले तोकेको फागुन २१ गते नै मतदान गराउने तयारीमा पार्टी दृढ छ।

“सबै दल सहमत भएर गम्भीरतापूर्वक प्रक्रियामा जुटे भने चुनाव समयमा नै हुन्छ,” प्रचण्डले भने।

पार्टीका पूर्वपदाधिकारीहरूको बैठक मंगलबार टुंग्याइने उनले जानकारी दिए। “जिम्मेवारी बाँडफाँड र एकताको सन्देश समानान्तर रूपमा लैजाने तयारी छ। प्राप्त सुझावहरूका आधारमा भोलि अन्तिम निर्णय हुन्छ,” उनले बताए।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...