News Portal

तोकिएको समयमा निर्वाचन गर्न दलहरूको साझा सहमति आवश्यक : प्रचण्ड

१०७ पटक

काठमाडौं, मंसिर १ — आगामी निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न राजनीतिक दलहरूको एकमत आवश्यक रहेको नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।

सोमबार राजधानीमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले सबै दलले जिम्मेवारीका साथ अघि बढे मात्र निर्वाचनको वातावरण बनाउन सकिने बताए। उनका अनुसार सरकारले तोकेको फागुन २१ गते नै मतदान गराउने तयारीमा पार्टी दृढ छ।

“सबै दल सहमत भएर गम्भीरतापूर्वक प्रक्रियामा जुटे भने चुनाव समयमा नै हुन्छ,” प्रचण्डले भने।

पार्टीका पूर्वपदाधिकारीहरूको बैठक मंगलबार टुंग्याइने उनले जानकारी दिए। “जिम्मेवारी बाँडफाँड र एकताको सन्देश समानान्तर रूपमा लैजाने तयारी छ। प्राप्त सुझावहरूका आधारमा भोलि अन्तिम निर्णय हुन्छ,” उनले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...