News Portal

ललितपुरमा २१ लाख बराबरको चोरी, ३ मुख्य आरोपी पक्राउ

१३९ पटक

ललितपुर, मंसिर १ – ललितपुरको इमाडोलमा २१ लाख ८३ हजार रुपैयाँ बराबरको चोरी भएको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–१ का ४१ वर्षीय दिनेश विश्वकर्मा, रामेछाप नगरपालिका–२ का ३२ वर्षीय दीपक थापा मगर र रामेछापको दोरम्बा गाउँपालिका–३ का ४० वर्षीय तिर्थबहादुर थापा मगर रहेका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धान अनुसार, ती आरोपीहरूले १९ कात्तिकमा इमाडोलको घरको ताला फुटाएर चोरी गरेका थिए। चोरीमा सुनचाँदीका गरगहना पनि समावेश छन्।

साथै, चोरीमा प्रयोग भएको गरगहना खरिद गरेको आरोपमा खोटाङको रुपाकोट मझुवागढीका ५८ वर्षीय भीमे कामीलाई पनि प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...