News Portal

ललितपुरमा २१ लाख बराबरको चोरी, ३ मुख्य आरोपी पक्राउ

२३२ पटक

ललितपुर, मंसिर १ – ललितपुरको इमाडोलमा २१ लाख ८३ हजार रुपैयाँ बराबरको चोरी भएको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–१ का ४१ वर्षीय दिनेश विश्वकर्मा, रामेछाप नगरपालिका–२ का ३२ वर्षीय दीपक थापा मगर र रामेछापको दोरम्बा गाउँपालिका–३ का ४० वर्षीय तिर्थबहादुर थापा मगर रहेका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धान अनुसार, ती आरोपीहरूले १९ कात्तिकमा इमाडोलको घरको ताला फुटाएर चोरी गरेका थिए। चोरीमा सुनचाँदीका गरगहना पनि समावेश छन्।

साथै, चोरीमा प्रयोग भएको गरगहना खरिद गरेको आरोपमा खोटाङको रुपाकोट मझुवागढीका ५८ वर्षीय भीमे कामीलाई पनि प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

प्रतिकृया दिनुहोस्

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...