News Portal

  • उपचारका लागि भौतारिँदै गयो प्रमोदको ज्यान

    हिमाली संचार संवाददाता
    ३७३ पटक

    २०७७ भदौ ५, शुक्रबार
    मिथिलेश यादव/लहान – अस्पतालले भर्ना लिदिएको भए योगेन्द्र र रामकुमारी छोरा प्रमोदका साथ सवैलास्थित आफ्नो घरमा हाँसिखुसी बसेका हुन्थे तर, त्यसो हुन सकेन।

    प्रादेशिक अस्पतालले भर्ना नलिदिएपछि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजादै गर्दा बाटोमै प्रमोदको जिवन गुमेपछि यो परिवारको भरोसाको यात्रा यहीं रोकिएको छ।

    धनुषाको सवैला नगरपालिका–२ का योगेन्द्र महतो रुँदैछन्। बुढेसकालको साहारा जवान छोरा गुमाउनुको पीडाले रामकुमारी मूर्छित छिन्। आफन्तले पिलाएको पानीको सहारामा उनको प्राण त अडिएको छ तर अझै पूर्ण होसमा आउन सकेकी छैनन्।

    बेलाबेला होस खुल्नेबित्तिकै उनी ‘हमर बाबुके देखादु’ भन्दै चिच्याउँछिन्, एक छिनपछि मूर्छा परिहाल्छिन्। मंगलबार सिकिस्त बिरामी छोरा प्रमोदलाई उपचारार्थ योगेन्द्र र रामकुमारी एम्बुलेन्समा प्रादेशिक अस्पताल जनकपुर लगेका थिए।

    प्रमोदलाई एम्बुलेन्सबाट अस्पतालसम्म योगेन्द्र र रामकुमारी काँधमा बोकेर पुर्याएका थिए। अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई भर्ना गर्न इन्कार गरे। योगेन्द्र दम्पती डाक्टरलाई बिन्ती बिसाए। जती गर्दापनि भर्ना लिन मानेनन्।

    किड्नीको बिरामी प्रमोदको शिक्षण अस्पताल काठमाडौंमा डायलासिस हुँदै थियो। लकडाउन भएपछि घर फर्केका उनी पुनः काठमाडौं जान नसक्ने गरी थला परे। योगेन्द्रले काठमाडौंस्थित डाक्टरसँग फोनमा समस्या साझा गरे।

    डाक्टरले नजिकको जनकपुर अस्पतालमा तत्काल डायलासिस गराउन सुझाव दिएका थिए। पीडाले छटपटाइरहेका छोरा काँधमा बोकेका बृद्ध आमाबुवा डाक्टरलाई जती बिन्ती बिसाए पनि डायलासिसका लागि भर्ना लिन मानेनन्।

    ‘छिटो डायलासिस नभए छोरा छटपटाएर दम तोड्छ’ भन्दै डाक्टरलाई जती बिन्ती गरेपनि सुनेनन्। योगेन्द्र भक्कानिँदै नागरिकसँग भने,‘प्रादेशिक अस्पतालले डायलासिस गर्न इन्कार गर्दा जवान छोरा आकालमै गुमाउनुपर्यो।

    सुरुमा अस्पतालको गेटमै रोकेर गार्डले कोरोनाका बेला जटिल विरामी भर्ना नलिने भन्दै फर्काउन खोजेका थिए। योगेन्द्रले भने,‘धेरैबेर गेटमै रोकिएपछि छोराको छटपटि बढेर बान्ता गर्न थाल्यो। शरीर पनि सुनिन थालेको थियो।

    छोराको ज्यान बचाइदिन डाक्टरको खुट्टासमेत ढोग्यौ तर डायलासिस गर्न राजी भएनन्। एक वर्षअघि काठमाडौँमै पढ्दै गर्दा प्रमोदले रक्तदान गरेका थिए। रक्तदानपछि त्यहाँका स्वास्थ्यकर्मीले उनलाई किड्नी जाँच गराउन सल्लाह दिए।

    जाँच गराउँदा उनको दुबै किड्नीमा खराबी आइसकेको रहेछ। त्यसपछि उनी शिक्षण अस्पतालमा थप परीक्षण गराई उपचारमा गएका थिए। उनी शिक्षण अस्पतालबाट किड्नीको डायलासिस गराउँदै औषधि सेवन गर्दै आएको परिवारजनले बताए।

    उनी काठमाडौंबाट फर्केको १० दिन मात्र भएको थियो।  स्वास्थ्यमा सुधार भएपछि उनी घर फर्केका थिए। उनको अवस्था सुधारात्मक भएको र केहि समय अझ डायलासिस गराएपछि बिसेक हुने डाक्टरले बताउँदै आएका थिए, योगेन्द्रले भने।

    डाक्टरले केहीदिन काठमाडौंमै बसेर उपचार गराउन पनि सल्लाह दिएका थिए तर, स्वास्थ्यमा सुधार भएको र डायलासिसको सेवा जनकपुरमै पनि उपलब्ध भएको भन्दै उनी घर फर्केका थिए।

    मंगलबार प्रादेशिक अस्पतालले भर्ना नगरेपछि बुधबार एम्बुलेन्समा बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजादै गर्दा सिरहाको मिर्चैया नजिक प्रमोदको निधन भएको आफन्त रामप्रकाश महतोले बताए।

    प्रादेशिक अस्पताल जनकपुरले प्रेस विज्ञप्ती जारी गरेर प्रमोदको मृत्युमा अस्पतालको कुनै दोष नरहेको प्रष्टिकरण दिएको छ।

    अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘ मंगलबार साँझ ५ बजे अस्पतालको इमरजेन्सी विभागमा मिर्गौला सम्बन्धी रोग भएको भन्दै बिना कुनै कागजात आएकोले विभिन्न जाँच गराउन भनिएको थियो।

    तर अस्पताललाई जानकारी नदिई गएको विज्ञप्तीमा उल्लेख छ। यस अस्पतालमा उनको कहिल्यै डायलासिस नभएकोसमेत विज्ञप्तीमा उल्लेख छ।

    यस अस्पतालमा डायलासिस बेडको सिमितताका कारण ४० जना भन्दा बढी विरामी प्रतिक्षा सूचीमा रहेको समेत विज्ञप्तीमा उल्लेख छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २५ गतेको राशिफल

    आज असार २५, २०८२ (जुलाई ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आउँदो शुक्रबार झापाली समाज कुवेतकाे छैटौं अधिवेशन हुँदै

    कुवेत सिटी। झापाली समाज कुवेतको छैटौं महाधिवेशनकाे सम्पर्ण तयारी पूरा भएको छ। यही जुलाई ११...

    रसुवामा बाढीले विनाश : ५५ जना उद्धार, १८ अझै बेपत्ता

    काठमाडौं, असार २४ – चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी क्षेत्रमा ठूलो जनधनको जोखिम देखिएको छ...

    स्वयम्भूमा बस्दै आएका चिनियाँ नागरिक डेढ करोड रुपैयाँसहित पक्राउ

    काठमाडौं, असार २४ – राजधानीको बौद्ध क्षेत्रमा स्रोत नखुलेको ठुलो रकमसहित एक चिनियाँ नागरिक पक्राउ...

    मोरङमा पुर्खौली सम्पत्तिको अंश विवादले भाउजुको हत्या, देवर पक्राउ

    मोरङ, असार २४ – मोरङको रतुवामाई नगरपालिका–६ मा पुर्खौली सम्पत्तिको अंश विवादले ज्यानै जाने घटना...