News Portal

उपचारका लागि भौतारिँदै गयो प्रमोदको ज्यान

हिमाली संचार संवाददाता
४८४ पटक

२०७७ भदौ ५, शुक्रबार
मिथिलेश यादव/लहान – अस्पतालले भर्ना लिदिएको भए योगेन्द्र र रामकुमारी छोरा प्रमोदका साथ सवैलास्थित आफ्नो घरमा हाँसिखुसी बसेका हुन्थे तर, त्यसो हुन सकेन।

प्रादेशिक अस्पतालले भर्ना नलिदिएपछि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजादै गर्दा बाटोमै प्रमोदको जिवन गुमेपछि यो परिवारको भरोसाको यात्रा यहीं रोकिएको छ।

धनुषाको सवैला नगरपालिका–२ का योगेन्द्र महतो रुँदैछन्। बुढेसकालको साहारा जवान छोरा गुमाउनुको पीडाले रामकुमारी मूर्छित छिन्। आफन्तले पिलाएको पानीको सहारामा उनको प्राण त अडिएको छ तर अझै पूर्ण होसमा आउन सकेकी छैनन्।

बेलाबेला होस खुल्नेबित्तिकै उनी ‘हमर बाबुके देखादु’ भन्दै चिच्याउँछिन्, एक छिनपछि मूर्छा परिहाल्छिन्। मंगलबार सिकिस्त बिरामी छोरा प्रमोदलाई उपचारार्थ योगेन्द्र र रामकुमारी एम्बुलेन्समा प्रादेशिक अस्पताल जनकपुर लगेका थिए।

प्रमोदलाई एम्बुलेन्सबाट अस्पतालसम्म योगेन्द्र र रामकुमारी काँधमा बोकेर पुर्याएका थिए। अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई भर्ना गर्न इन्कार गरे। योगेन्द्र दम्पती डाक्टरलाई बिन्ती बिसाए। जती गर्दापनि भर्ना लिन मानेनन्।

किड्नीको बिरामी प्रमोदको शिक्षण अस्पताल काठमाडौंमा डायलासिस हुँदै थियो। लकडाउन भएपछि घर फर्केका उनी पुनः काठमाडौं जान नसक्ने गरी थला परे। योगेन्द्रले काठमाडौंस्थित डाक्टरसँग फोनमा समस्या साझा गरे।

डाक्टरले नजिकको जनकपुर अस्पतालमा तत्काल डायलासिस गराउन सुझाव दिएका थिए। पीडाले छटपटाइरहेका छोरा काँधमा बोकेका बृद्ध आमाबुवा डाक्टरलाई जती बिन्ती बिसाए पनि डायलासिसका लागि भर्ना लिन मानेनन्।

‘छिटो डायलासिस नभए छोरा छटपटाएर दम तोड्छ’ भन्दै डाक्टरलाई जती बिन्ती गरेपनि सुनेनन्। योगेन्द्र भक्कानिँदै नागरिकसँग भने,‘प्रादेशिक अस्पतालले डायलासिस गर्न इन्कार गर्दा जवान छोरा आकालमै गुमाउनुपर्यो।

सुरुमा अस्पतालको गेटमै रोकेर गार्डले कोरोनाका बेला जटिल विरामी भर्ना नलिने भन्दै फर्काउन खोजेका थिए। योगेन्द्रले भने,‘धेरैबेर गेटमै रोकिएपछि छोराको छटपटि बढेर बान्ता गर्न थाल्यो। शरीर पनि सुनिन थालेको थियो।

छोराको ज्यान बचाइदिन डाक्टरको खुट्टासमेत ढोग्यौ तर डायलासिस गर्न राजी भएनन्। एक वर्षअघि काठमाडौँमै पढ्दै गर्दा प्रमोदले रक्तदान गरेका थिए। रक्तदानपछि त्यहाँका स्वास्थ्यकर्मीले उनलाई किड्नी जाँच गराउन सल्लाह दिए।

जाँच गराउँदा उनको दुबै किड्नीमा खराबी आइसकेको रहेछ। त्यसपछि उनी शिक्षण अस्पतालमा थप परीक्षण गराई उपचारमा गएका थिए। उनी शिक्षण अस्पतालबाट किड्नीको डायलासिस गराउँदै औषधि सेवन गर्दै आएको परिवारजनले बताए।

उनी काठमाडौंबाट फर्केको १० दिन मात्र भएको थियो।  स्वास्थ्यमा सुधार भएपछि उनी घर फर्केका थिए। उनको अवस्था सुधारात्मक भएको र केहि समय अझ डायलासिस गराएपछि बिसेक हुने डाक्टरले बताउँदै आएका थिए, योगेन्द्रले भने।

डाक्टरले केहीदिन काठमाडौंमै बसेर उपचार गराउन पनि सल्लाह दिएका थिए तर, स्वास्थ्यमा सुधार भएको र डायलासिसको सेवा जनकपुरमै पनि उपलब्ध भएको भन्दै उनी घर फर्केका थिए।

मंगलबार प्रादेशिक अस्पतालले भर्ना नगरेपछि बुधबार एम्बुलेन्समा बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजादै गर्दा सिरहाको मिर्चैया नजिक प्रमोदको निधन भएको आफन्त रामप्रकाश महतोले बताए।

प्रादेशिक अस्पताल जनकपुरले प्रेस विज्ञप्ती जारी गरेर प्रमोदको मृत्युमा अस्पतालको कुनै दोष नरहेको प्रष्टिकरण दिएको छ।

अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘ मंगलबार साँझ ५ बजे अस्पतालको इमरजेन्सी विभागमा मिर्गौला सम्बन्धी रोग भएको भन्दै बिना कुनै कागजात आएकोले विभिन्न जाँच गराउन भनिएको थियो।

तर अस्पताललाई जानकारी नदिई गएको विज्ञप्तीमा उल्लेख छ। यस अस्पतालमा उनको कहिल्यै डायलासिस नभएकोसमेत विज्ञप्तीमा उल्लेख छ।

यस अस्पतालमा डायलासिस बेडको सिमितताका कारण ४० जना भन्दा बढी विरामी प्रतिक्षा सूचीमा रहेको समेत विज्ञप्तीमा उल्लेख छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...