सफा आकाश, धामको किरणले पुरै मकाउ चुमी सकेको रहेछ । कुनै पनी राम्रो कामको शुभारम्भ अचानक हुन्छ भन्ने सुनेको थिए, आज त्यसै भयो। हाम्रो यात्रा पनी अचानक छोटो समयमा, सामान्य सरसल्लाहमा यो यात्राको तय भएको थियो । भोली विहान ८:०० बजे मकाउको आमालाछी बस स्टपमा सबै जना भेट हुने हाम्रो सल्लाह थियो । हामी ६ जनाको छुट्टी थियो । बाकी अर्को सिफ्ट डिउटी गर्ने २ जना साथीहरु पनी सहभागिता हुने निश्चित भयो ।
भोली विहान ८ बजे आमालाछीमा भेट्ने सल्लाह वमोजिम म विहान ७:३० बजेको समय सुचाङ सेटिङ गरेर सुते । सबेरै समय सुचाङ ट्वाङ बज्यो । मेरो निन्द्रा खुल्यो विहान ७:३० बजेको रहेछ । छुट्टी भएका साथीहरुलाई निर्धारित समयमा आमालाछी पुग्ने म्यासेज गरे । अर्को सिफ्ट डिउटी हुने साथी दिपक सिंह ठकुरी र अर्का एक जना विदेशी साथी एड्रिनलाई पनि आमालाछीमा हामीलाई पर्खनु भन्ने म्यासेज गरे । अर्को डिउटी भएका दिपक सिंह ठकुरी र विदेशी साथी एड्रिन सबै भन्दा चाडो आमालाछीमा पुगेका रहेछन् ।
केही समयपछि पाकाचौदेखि जंग बहादुर गुरुङ पुगे छन्। अलिक समयपछि म र मेरो साथी किरण मान श्रेष्ठ पुग्यौ । हौलान युनदेखि उज्ज्वल गुरुङ, सन्जिब कोयी र खड्ग लिम्बु आइ पुगेका थिएनन् । केही समयको पर्खाइपछि २A चढेर उनीहरु आइपुगे । मकाउ, ताईपा र कोलनी तीन वटा आइल्याण्ड समेटेर मकाउको संरचना बनेको छ । हामी मकाउदेखि ताईपा कटेर कोलोनीको बोडर पुग्नु थियो । हामी २६ नम्बरको सार्वजनिक बस चढ्यौ । ताईपाको पाण्डा पार्कमा बस रोकियो, हामी ओर्लियौ । त्यसपछि ताईपाको आमा टेम्पल तिर उकालो उक्लियौ । सम्भवत आमा टेम्पल मकाउकै अग्लो डाडा हुनु पर्छ ।
“त्यो दिनको धामको किरणले हामीलाई मात्र स्पर्श गरे जस्तो रापिलो राग, तापिलो ताप महसूस हुदै थियो।”
झोलामा बोकेका पानी धामको तापले रोए जस्तो, पानीको बोटलबाट आशु झारे जस्तो, पानी झोलाभरी रसाएको रहेछ । झोलाको अर्को खल्तिमा मोबाइल राखेको थिए । खाई लाग्दो ज्यान, फुर्तिलो शरीर भएका दिपक सिंह ठकुरी उकालो बाटोमा सेटअप ड्याङ ड्याङ शुरु गरे । अनाकन्टा जंगल विच बाटोमा सेटअप गर्ने एउटा फल्याक रहेछ । मलाई दिपक सिंह ठकुरीको फोटो खिच्न मन लाग्यो । झोलामा मोबाइल खोजे मोबाइल झोलाको पिदमा पानीको बोटल संगै बसेका रहछन् ।
फ्रिजको पानी, दिउसोको चर्को धाम, झोलामा बोकेको पानीको बोटल गर्मीमा रोइ रहेको रहेछ। ठीक समयमा नै दिपक सिंह ठकुरीले सेटअप हानेका रहेछ भन्ने लाग्यो । पानीको बोटलका एका पट्टी रोइरहेको मोबाइलको समयमा नै उद्धार भयो । अव, मोबाइल हातमा झोला साथमा प्राकृतिक सौदर्यका भित्र टनटलपुर धाम लागे पनि राम्रो संग हावा खेली रहेको छ। टनटलपुर धामको कुनै महसूस भएको छैन । हामी अझै अधि जादै थियौ । तेर्सो बाटो तलतीर मान्छेहरु लाइनमा देखिए। नजिक पुगेर हेर्दा मूलको पानी थाप्न लाईन बसेका स्थानीय रहेछन् ।
“मकाउमा न पानीको अभाव, न त कुनै पैसाको अभाव? आयुर्वेदिक दृष्टिकोणले मुलको पानी स्वास्थ्यकर रहेछ।”
स्थानीयहरु छुट्टीमा टाढा टाढादेखि पानी भर्न आउदा रहेछन् । जग गुरुङ लाइन बस्नु भो। हामीले हामी संग भएको पानीको बोटल ख़ाली गर्यौ । करिब २० मिनेटको लाईन पछि २ बोटल पानी भर्न सक्यौ । मुलको पानी पीउदै अर्को खोज तिर लाग्यौ । यसरी करीब २ धण्टाको पैदल यात्रा पछि २६ बसमा ओर्लेका ठाउ पाण्डा पार्कमै आइ पुग्यौ । दुइ धण्टाको पैदल यात्रा पछि मकाउको चर्चित अर्गानिक रेष्टुरेन्ट कोलनी आइल्याण्डमा रहेछ त्यहा पुग्यौ । त्यो रेष्टुरेन्टमा आगोले बालेर हरेक परिकार बन्दो रहेछ ।
हामीले आआफ्नो इच्छा अनुसारको खाजा अडर गर्यौ । खाजा खायौ । मेरो कफी पिउने चाहाना भने पुरा हुन सकेन । आगोमा उमालेको त्यहाको कफी साह्रै मिठो हुन्छ। गर्मी छ फेरी पनी कफी कफी मनमा रही रह्यो ।
“कफी खाने इच्छा पुरा भएन । भोजन पश्चात केही समयको आराम पछि हामी साईकल दोकान तिर गयौ ।”
सबैले आआफ्नो कलर, च्वाइसमा साइकल रोज्दै, साईकलको कन्डिशन चेक गर्यौ । हेलमेट लिएर हाम्रो यात्रा मकाउ युनिभरसिटी तर्फको रुट रोज्यौ । समुन्द्र मुनीको टनेल हुदै मकाउ युनिभरसिटी पुगेर पुन साईकल दोकान फर्कियौ । दिनभीको थकान, धामको रापले सबै थकीत थियौ। अझ धेरै सन्जिबको टाउको दुखेको हुदा उसलाई अर्कै अविस्मरणीय यादगार रह्यो । हाम्रो पैदल यात्रा संगै साइकल यात्रा पछि हामी २६ नम्बरको बसमा आमा लाछी फर्क्यौ यसरी हाम्रो त्यो दिनको यात्रा सकाएको थियौ ।
मान बहादुर गुरुङ, हाल मकाउ