News Portal

पोखरा रानीवनमा सडेको अवस्थामा युवकको शव फेला

हिमाली संचार संवाददाता
८१९ पटक

२० भदौ,पोखरा – पोखरा महानगरपालिका–२२ रानीवनमा एकजनाको शव फेला परेको छ । ड्यामसाइट पारीपट्टी रानीवनमा सडेको अवस्थामा बुधबार बिहान एक युवकको शव फेला परेको हो ।

स्थानीयले शव देखेको खबर गरेपछि प्रहरी पुगेर अनुसन्धान थालेको छ । प्रहरीका अनुसार मंगलबार वन हुँदै माछा मार्न गएका एक युवाले शवजस्तो देखेको भनेका थिए ।

बुधबार बिहान उनीसहित स्थानीयको समूह पुगेर एक पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । ‘स्थानीयले खबर गरेपछि हामीले अनुसन्धान गरिरहेका छौं । शवको पहिचान भएको छैन,’ वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी नवीन कार्कीले भने,‘आजै मुचुक्ला उठाएर पोस्टमार्टमका लागि क्षेत्रीय अस्पताल लैजान्छौं ।’

शवको नजिकै पावर बैंकमा चार्ज गरिराखिएको मोबाइल फेला परेको कार्की बताए । पानीका कारण मोबाइल अन नभएको कार्कीले जानकारी दिए । शव सडेगलेको अवस्थामा भेटिएकाले उनको मृत्यु केही दिन अगाडि नै भएको भएको उनले बताएको अनलाइनखबरमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...