News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • कोरोना भाइरस नेपालः उदयपुरमा जमातीले सङ्क्रमण सारेको भन्ने आरोपको वास्तविकता

    हिमाली संचार संवाददाता
    ३३७ पटक
    २०७७ बैशाख २६, शुक्रवार

    काठमाण्डौ। उदयपुरको भुल्केमा भारतीय जमातीसहित स्थानीयवासीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि त्यसबारे विस्तृत विवरण बुझ्न संघीय सरकारले बैशाख दोस्रो हप्तातिर काठमाण्डौदेखि स्वास्थ्यविज्ञहरूको एउटा टोली भुल्के पठायो।

    भुल्केमा कुल २८ जना संक्रमित पाइएकोमा ११ जना भारतीय र बाँकी नेपाली थिए। पहिलो परीक्षणपछि बैशाख ४ गते नतिजा आयो र ११ भारतीय जमाती एवम् एक नेपालीमा संक्रमण भएको पुष्टि आयो। त्यसपछि बैशाख ७ गते ६९ जनाको परीक्षण गर्दा थप १२ जनामा संक्रमण देखियो। बैशाख १० गते परीक्षण गर्दा अर्का तीन जनामा पोजिटिभ देखियो। त्यसपछि बैशाख ११ गते थप एक व्यक्तिमा संक्रमण भएको पुष्टि भयो।

    जमातीहरूले कोरोनाभाइरस संक्रमण सारेको र मस्जिदभित्र लुकेर बसेको भन्दै कतिपय सञ्चारमाध्यममा समाचारहरू आइरहँदा सरकारले विज्ञहरूको टोली भुल्के पठायो। तीन सदस्यीय उक्त टोलीले स्थानीय स्वास्थ्यकर्मी, मुस्लिम तथा अन्य समुदायका व्यक्ति र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका स्थानीय प्रतिनिधिलाई भेटेर वस्तुस्थिति बुझ्ने काम गर्‍यो।

    नाम उल्लेख नगर्ने शर्तमा टोलीका एक सदस्यले बताए अनुसार उनीहरूले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेका छन्।जमातीहरूबाट कोरोनाभाइरस सरेको थियो र जमातीहरू लुकेर बसेका थिए भन्ने आरोप गलत भएको टोलीको निष्कर्ष रहेछ ।

    प्रस्तुत छ विज्ञ टोलीका एक सदस्यले बताएका तथ्य विवरण:

    कोशी अस्पताल उदयपुरमा फेला परेका ६ जना संक्रमण मुक्त भएर केही दिनअघि कोशी अस्पतालबाट बिदा भएका थिए “हामीले कन्ट्याक्ट ट्रेसिङबाट के पायौँ भने भुल्केका तीनजना बासिन्दा लकडाउन हुनुभन्दा तीन दिनअघि विदेशबाट आएका रहेछन्।

    दुईजना भारतको सूरत र लखनउबाट तथा एकजना दुबईबाट फर्केका रहेछन्। उनीहरू तीनैजना संक्रमित भएको पाइएपछि अस्पताल भर्ना गरिएका थिए। तीन जनामध्ये एकजना सूरतमा कपडा सिलाउने टेलर मास्टर रहेछन् भने अर्को लखनउमा पढ्ने विद्यार्थी र तेस्रो व्यक्ति दुबईमा काम गर्ने पुरुष रहेछन्। हामीले ती तीनजना र भारतीय जमातीहरूको विगतका यात्रा विवरणबारे बुझेर त्यसको ‘इपिडिमियोलोजिकल रिलेशन’ हेर्‍यौँ।

    यात्रा विवरण

    जोगबनी नाकाबाट आएर जमातीहरू भुल्केको मस्जिदमा बसेको त्यतिबेला २२ दिन पुगेको रहेछ। उनीहरू चार महिनाअघि नै नेपाल आएको पाइयो।

    सङ्क्रमितहरूमध्ये लखनउ पढ्ने नेपाली युवक सबैभन्दा पछि नेपाल फर्केका रहेछन्। उनी आएको र भुल्केमा मानिसहरू सङ्क्रमित भएको मितिमा एक महिनाको मात्रै अन्तर रहेछ।

    उनी र उनको परिवारका चार जनासहित एकै घरका पाँचजना सङ्क्रमित भएको देखियो। उदयपुरस्थित मस्जिदमा बसेकामध्ये कतिपयमा संक्रमण पाइएको छ । उदयपुरस्थित मस्जिदमा बसेकामध्ये कतिपयमा संक्रमण पाइएको थियो

    उनीसँग घटनाको अर्को सम्बन्ध के देखियो भने उर्दू भाषा जान्ने भएकोले भारतीय जमातीहरूसँग बिहानीदेखि बेलुकासम्म उनले समय बिताउँदा रहेछन्। उनले जमाती समूहको किनमेलमा सघाउनेदेखि उनीहरूसँगै खाना खाने रहेछन्।

    ‘जमातीबाट संक्रमण होइन’

    त्यसबाट हामीले के स्थापित गर्‍यौँ भने ती नेपाली विद्यार्थीबाट जमातीहरूलाई संक्रमण सरेको हो, जमातीले संक्रमण सारेका होइनन्। सरसर्ती हेर्दा स्थानीय संक्रमण हो भन्ने हामीले एउटा ‘हाइपोथेसिस’ बनायौँ। र, हामीले माथि त्यही कुरा जानकारी गरायौँ।

    त्यसपछि हामीले त्यहाँका मेयर तथा उपमेयरलाई के भन्यौँ भने संक्रमित व्यक्तिहरूको सम्पर्कमा आएका र ‘ट्राभल हिस्ट्री’ जति लिन सक्यौँ हामीलाई संक्रमित को-को हुन् भन्ने पत्ता लगाउन उति नै सजिलो हुन्छ।

    अनि पीसीआर कसलाई गर्ने र आरडीटी कसलाई गर्ने भन्ने कुरा त्यसले बाटो देखाउँछ भनेर भन्यौँ। त्योभन्दा अगाडि त भुल्केमा सबैको परीक्षण भइसकेको थियो। भुल्के अन्यत्र उहाँहरूले ‘स्याम्पलिङ’का आधारमा परीक्षण गर्दै आएकोमा हामीले भनिसकेपछि अलि व्यवस्थित रूपमा उहाँहरूले परीक्षण शुरू गर्नुभयो।

    हामी पुग्दा त्यो गाउँ सील गरिएको थियो। त्यहाँका स्थानीय बासिन्दाहरूको मनोबल अनि मनोविज्ञान के कस्तो छ भन्ने हिसाबले बुझ्न पनि हामी त्यहाँ गएका थियौँ। बाहिर हामीले सुन्दा उनीहरू एकदमै असहयोगी छन्, केही भन्दैनन्, लुक्छन् भन्ने कुरा थिए तर हामीले त्यस्तो पाएनौँ।

    हामीहरू गएपछि बाहिर आएर ठ्याक्क हामीले सोधेका कुराहरू उहाँहरूले राम्रोसँग बताउनुभयो। बीबीसीका गनी अन्सारीले संकलन गरेका हुन्। 

    प्रतिकृया दिनुहोस्

    एनआरएनएभित्र अन्योलता : रविना थापा

    काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र देखिएको अन्योलताको स्थिति अब धेरै समय रहन नहुनेमा...

    कर्णाली युवा महोत्सव: एकता र प्रेरणा मार्फत युवा सशक्तिकरण

    काठमाडौ – राष्ट्रिय युवा महोत्सवको अभूतपूर्व सफलता पछ्याउँदै, परिवर्तनको लागि युवा ,एम.आइ.टि क्लेज बागबजार आइ.डि.यस्...

    फ्रान्समा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली बिद्यार्थीको मृत्यु

    फ्रान्स। फ्रान्समा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली बिद्यार्थीको मृत्यु भएको छ। ५ महिना अघिमात्र...

    दशैं टीकाको शुभ साइत

    काठमाडौं। यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको छ।...

    मुक्तिनाथमा दर्शनार्थीको घुइँचो

    गण्डकी। प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा केही दिनयता चहलपहल बढ्दै गएको छ। विशेषतः प्रत्येक वर्षको पितृ पक्ष...