News Portal

प्रभु साह– ठगी आरोपमा निष्कासन पाएका नेतालाई प्रधानमन्त्री ओलीले भ्रमपूर्ण प्रचार गर्दै एमालेमा भित्र्याए

३५४ पटक

काठमाडौँ, भदौ ६ – आम जनता पार्टी (आजपा) का अध्यक्ष उपेन्द्र साहले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि निष्कासित व्यक्तिलाई पार्टीमा भित्र्याएको गम्भीर आरोप लगाएका छन्।

साहका अनुसार, चैत्र महिनामै आजपाको साधारण सदस्यबाट निकालिएका उनी स्वयं र असार महिनामा ठगीको आरोपमा पार्टीबाट निष्कासित मनोज यादवलाई समेत ओलीले स्वागत कार्यक्रममार्फत एमालेमा प्रवेश गराएको प्रचार गरिएको छ।

च्यासलमा आयोजित कार्यक्रममा ओलीले आजपाका दर्जनौँ नेताहरू एमालेमा प्रवेश गरेको घोषणा गरे पनि साहले त्यसलाई “भ्रमपूर्ण र असत्य” भनेका छन्।

साहले भने, “प्रधानमन्त्री जस्तो उच्च पदमा रहँदै समाजलाई झुटो सूचना दिनु उचित होइन। सीमित स्वार्थका लागि असत्य प्रचार गर्नु बन्द गर्नुपर्छ। यस्तो प्रवृत्तिले समाजमा गलत शिक्षा मात्र दिन्छ।”

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...