News Portal

डिएसपीको बर्दीमा ठगी धन्दा: प्रहरी हवल्दार नुवाकोटकी सीता उप्रेती थुनामा

हिमाली संचार संवाददाता
८३२ पटक

काठमाडौँ – डिएसपी बनेर वर्षौदेखि ठगी धन्दा चलाउँदै आएकी प्रहरी हवल्दार सीता उप्रेती पक्राउ परेकी छिन । त्रिभुवन विमानस्थलमा कार्यरत नेपाल प्रहरीकी हवल्दार उप्रेतीलाई महानगरिय प्रहरी परिसर काठमाडौले पक्राउ गरेको प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए ।

घरमा डिएसीको बर्दी लगाएर बस्ने र मानिसहरुलाई धम्की दिएर रकम असुल गर्ने गरेको आरोपमा उजुरी परेपछि सीतालाई प्रहरीले भाद्र ३ गते पक्राउ गरेको डिएसपी थापाले बताए । नुवाकोट स्थायी घर भएकी हवल्दार उप्रेतीले सयौ मानिसलाई डिएसपीको बर्दी लगाएर ठगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उप्रेती ठगी धन्दा र संगठित अपराधको मुद्दामा पक्राउ परेसँग उनी हवल्दारबाट निलम्वित भएको डिएसपी थापाले जानकारी दिए ।

उप्रेती माथि अकुत सम्पत्तिको पनि मुद्दा चलाउने तयारी भएको छ । उनले सर्वसाधरणलाई ठगी गरेर पाँच करोड भन्दा बढी सम्पत्ति जम्मा गरेको उनका निकटवर्तीहरुले बताएका छन । दुई वटा घर र थुप्रै ठाउँमा उनले जग्गा समेत जोडेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

विगतमा नेकपा एमालेको समर्थक देखाइ आफ्नो ठगी ढाकछोप गर्दै आएकी उप्रेती पछिल्लो समय नेपाली कांग्रेसको छत्रछायाँमा ठगी धन्दा चलाउँदै आएकी थिइन । उनले कांग्रेसकै बलामा हाल त्रिभुवन विमानस्थलमा सेटिङमा काम गर्दै आएकी थिइन ।

मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने र मुद्दा नमिलेपछि पैसा फिर्ता माग्न आउनेलाई उनले डिएसपीको बर्दी लगाएर जेलमा कोचिदिने धम्की दिने गरेकी थिइन । परिवारमा समेत श्रीमानलाई ठगेर छोरा र सम्पत्ति लिएर उनले वकिल हुँ भन्दै ठगी गर्ने नुवाकोटकै मनोहर तिवारीसँग दोस्रो विहे गरेकी थिइन ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...