News Portal

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

३१४ पटक

काठमाडौं, भदौ ३० – सोमबार तीन नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। रामेश्वर खनाल अर्थमन्त्री नियुक्त भएका छन् भने कुलमान घिसिङलाई ऊर्जा, भौतिक योजना र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। ओमप्रकाश अर्यालले गृह तथा कानुन मन्त्रालयको नेतृत्व सम्हालेका छन्।

राष्ट्रपति कार्यालयको खण्डहर भवनको बाहिर आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ दिलाएका थिए। यस क्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल पनि उपस्थित थिए।

तर सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना भने हालसम्म सार्वजनिक समारोहमा उपस्थित भएका छैनन्। प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रिय सभा क्रियाशील भएकाले यसको पदाधिकारीहरूले सहभागिता जनाएका हुन्।

जेनजी आन्दोलनको समयमा शीतल निवास आगजनीबाट असुरक्षित बनेको कारण गत शुक्रबार प्रधानमन्त्रीको शपथ निवासभित्रै सम्पन्न गरिएको थियो। सोमबार भने खण्डहर भवनको बाहिर सुरक्षित वातावरणमा नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको थियो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...