News Portal

  • भाग्य न्यौपानेले सामाजिक सञ्जालबाट विवादास्पद भिडिओ हटाए

    १८३ पटक

    काठमाडौं, भदौ ३० – युट्युबर भाग्य न्यौपानेमाथि जेनजी प्रदर्शनको क्रममा भ्रामक र उत्तेजक सूचना फैलाएको आरोप लगिएपछि उनले आफ्ना सबै भिडिओ सामाजिक सञ्जालबाट हटाएका छन्।

    २३ र २४ भदौमा राजधानीसहित देशका विभिन्न स्थानमा भएको प्रदर्शनसम्बन्धी उनका भिडिओमा संसद भवनभित्र ३२ जनाको शव भेटिएको, जेल तोडेर रवि लामिछानेलाई निकाल्नुपर्ने, झापामा ठूलो मात्रामा सुन र चाँदी भेटिएको, काठमाडौंको हिल्टन होटेल र दमकको भ्यु टावरमा आगलागी हुँदा खुशी मनाएको जस्ता आधारहीन जानकारीहरू समावेश थिए।

    सामाजिक सञ्जालमा आलोचना बढेपछि न्यौपानेले भिडिओ हटाउन बाध्य भएका हुन्। उनले आफ्नो बचाउमा भनेका छन् कि भिडियो ‘स्थानीय सञ्चारमाध्यमको समाचारमा आधारित’ रहेको हो, तर भिडिओमा कुनै स्रोत उल्लेख गरिएको थिएन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...

    सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि...

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...