News Portal

एनसेलको कार्यालयमा तोडफोड र आगजनी, कम्पनीले प्रहरीमा उजुरी दर्ता

२४७ पटक

काठमाडौं, भदौ ३० – काठमाडौंको लैनचौरस्थित एनसेलको मुख्य कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनापछि कम्पनीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ। उजुरीमा कम्पनीले घटना अनुसन्धान गरी अपराधीलाई कानूनी कारबाही गराउन र डकैतीमा लुटिएको सम्पत्ति फिर्ता दिलाउन माग गरेको छ।

उजुरी अनुसार आन्दोलनको क्रममा अपराधीहरूले सुरक्षा कर्मीहरूलाई धम्की दिँदै कार्यालयमा प्रवेश गरेका थिए। ग्राउन्ड फ्लोरको ग्राहक सेवा केन्द्र, रिसेप्सन, र कार्यालयका विभिन्न उपकरणहरू तोडफोड गरिएको छ। भवनका सबै तलामा प्रवेश गरी कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, ओभन, कफी मेसिन लगायतका महत्त्वपूर्ण कार्य उपकरण चोरी वा नष्ट गरिएको उजुरीमा उल्लेख छ।

कम्पनीले जनाएको छ कि कर्मचारीका व्यक्तिगत सामान र ल्यापटप, मिटिङ हलका टिभी तथा मोनिटर, दोस्रो तलाको फिटनेस सामग्री समेत चोरी वा नष्ट भएको छ। भाडामा लिइएका महँगा मोटर गाडी र कर्मचारीका गाडीहरूमा आगो लगाइएको र ठुलो आर्थिक नोक्सानी भएको उजुरीमा भनिएको छ।

एनसेलले घटना पुष्टि गर्न र अनुसन्धानलाई सहयोग पुर्‍याउन सबै सिसिटिभी फुटेज र क्षतिको विवरण प्रहरीले उपलब्ध गराएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...