News Portal

मकवानपुरमा सुत्केरीमाथि बलात्कार, एक जना पक्राउ

२१५ पटक

मकवानपुरको राक्सिराङ गाउँपालिका–१ इन्दुङमा दुई महिनाकी सुत्केरी महिलामाथि बलात्कार भएको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा सोही ठाउँका ४२ वर्षीय रमेश थिङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार पीडित २२ वर्षीया चेपाङ समुदायकी महिला आइतबार बिहान जाहेरी लिएर प्रहरीमा पुगेकी थिइन्।

महिलाले गत २७ गते श्रीमानलाई डोरीले बाँधेर आफूमाथि जबरजस्ती करणी गरिएको बताएका छन्। जंगलको बीचमा घर भएकाले घटना भएको केही दिनपछि मात्रै स्थानीयले थाहा पाएका थिए।

घटना सार्वजनिक भएपछि स्थानीय जनप्रतिनिधि र अगुवाहरूको सहयोगमा पीडितलाई प्रहरीमा पुर्‍याइएको थियो। प्रहरीले थिङलाई आइतबार साँझ नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...