News Portal

मकवानपुरमा सुत्केरीमाथि बलात्कार, एक जना पक्राउ

२९४ पटक

मकवानपुरको राक्सिराङ गाउँपालिका–१ इन्दुङमा दुई महिनाकी सुत्केरी महिलामाथि बलात्कार भएको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा सोही ठाउँका ४२ वर्षीय रमेश थिङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार पीडित २२ वर्षीया चेपाङ समुदायकी महिला आइतबार बिहान जाहेरी लिएर प्रहरीमा पुगेकी थिइन्।

महिलाले गत २७ गते श्रीमानलाई डोरीले बाँधेर आफूमाथि जबरजस्ती करणी गरिएको बताएका छन्। जंगलको बीचमा घर भएकाले घटना भएको केही दिनपछि मात्रै स्थानीयले थाहा पाएका थिए।

घटना सार्वजनिक भएपछि स्थानीय जनप्रतिनिधि र अगुवाहरूको सहयोगमा पीडितलाई प्रहरीमा पुर्‍याइएको थियो। प्रहरीले थिङलाई आइतबार साँझ नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...