News Portal

शरीरका यी पाँच अंग, जसलाई छुनु भनेको रोग निम्त्याउनु हो

हिमाली संचार संवाददाता
७२४ पटक

नाक, मुख, आँखा लगायत अंगहरुमा थोरै मात्र पनि व्याक्टेरियाको संक्रमण भएमा त्यसले शरीरमा गम्भीर समस्या निम्त्याउन सक्छ । त्यस्ता अंगहरुमा वारम्बार छोएको खण्डमा त्यस्ता व्याक्टेरियाले शरीरमा रोगको संक्रमण निम्त्याउन सक्छ ।

हातका औला

जुनसुकै काम गर्नका लागि पनि हातको आवश्यक्ता पर्दछ । हाम्रो हात, औला तथा हत्केलामा कयौ हानीकारक व्याक्टेरिया तथा भाइरस पाइन्छ । र, त्यही हात तथा औलाले जब आँखा छुन्छौ तब ती व्याक्टेरिया तथा भाइरस आखामा प्रवेश गर्दछन् । र, आँखा चिलाउने, पोल्ने, आखामा जलन हुने लगायतको समस्या निम्त्याउने गर्छन् ।

मुख

खाना खाएपछि दातमा अड्किएको फोहर निकाल्न मानिसहरु अक्सर औलाको प्रयोग गर्दछन् । जबकी मुखभित्रै सिधै हात लैजादा हातमा भएका व्याक्टेरिया मुखमा प्रवेश गर्दछन् । र, मुखमा रहेको व्याक्टेरिया पनि हातमा पुग्ने गर्दछन् ।

यसरी मुखको व्याक्टेरिया बाहिर आउनु र बाहिरको व्याक्टेरिया मुखमा प्रवेश गर्नाले दाँत दुख्ने, सास गन्हाउने, दाँतमा सडन हुने लगायतको समस्या निम्तिने गर्छ ।

नाक

हात र मुखमा झै नाकमा पनि कयौ प्रकारका व्याक्टेरिया र भाइरस हुन्छ । जब हामी नाकमा हात हाल्छौ, नाकभित्र रहेका व्याक्टेरिया हाम्रो हातमा टासिने गर्छ । र, हातमा भएका व्याक्टेरियाले नाकमा प्रवेश गरी सास नली हुँदै फोक्सोसम्म पुग्ने गर्छ, जसका कारण स्वस-प्रश्वास सम्बन्धि विभिन्न प्रकारका समस्या निम्तिने गर्दछ ।

त्यसबाहेक पनि, नाकमा भएका व्याक्टेरियाले मानिसलाई अस्वस्थ समेत बनाउन सक्छ । त्यसैले पनि प्रत्येक पटक नाकमा हात लगिसकेपछि साबुन पानीले राम्ररी हात धुनु पर्छ ।

नङ

हात र मुखमात्र हैन,  हात खु्ट्टाका नङमा समेत विभिन्न प्रकारको हानीकारक व्याक्टेरिया हुने गर्छ । त्यसैले, चिकित्सकहरु समय समयमा हातखुट्टाका नङ काट्न सुझाव दिने गर्छन् । किनकी हात तथा खुट्टाका हानीकारक व्याक्टेरियाले शरीरमा प्रवेश गरेमा पेट तथा पाचन प्रणाली सम्बन्धि कयौ समस्या निम्तने गर्दछ ।

त्यसैले, यस्ता रोगबाट बच्नका लागि पनि सातामा कम्तीमा एक पटक भएपनि हात तथा खुट्टाको नङ अवश्य काट्ने गरौ ।

डन्डिफोर

नाक,मुख, आँखा बाहेक पनि हाम्रो शरीरमा एउटा यस्तो ठाउँ छ, जहाँ नचाहदा नचाहदै पनि हाम्रो हात पुग्ने गर्छ । र, त्यो ठाउँ भनेको डन्डिफोर वरिपरि हो । गाला, निधार वा अनुहारको अन्य कुनै भागमा डन्डिफोर भएमा हाम्रो हात बारम्बार पिम्पल्स भएको ठाउँमा पुग्ने गर्छ  ।

जबकी पिम्पल्स आउने मुख्य कारण भनेकै हानीकारक व्याक्टेरियाका कारण हो । जब हामी बारम्बार पिम्पल्सलाई छुने गर्छौ,  तब डन्डिफोर वरिपरि भएको व्याक्टेरिया शरीरको अन्य भागमा समेत फैलिने गर्छ । र, त्यही ठाउँमा पुन व्याक्टेरिया फैलिएर पिम्पल्स हुने गर्छ । त्यतिमात्र हैन, हातमा व्याक्टेरिया हुने भएको व्याक्टेरियायुक्त हातले बारम्बार अनुहार छुनाले पनि अनुहारमा डन्डिफोर हुने सम्भावना अधिक हुने गर्छ ।

 

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...