News Portal

  • एनआरएनए भलिबल टुर्नामेन्ट – २०२० को खेल तालिका सार्वजनिक (तालिका सहित)

    ११ टिमले प्रतिस्पर्धा गर्दै

    हिमाली संचार संवाददाता
    ६७१ पटक

    फाईल तस्वीर।


    कुवेत २२, २०७६ फेब्रुअरी : गैरआवासीय नेपाली संघ कुवेतले कुवेतको राष्ट्रिय दिवसको अबसरमा यहि २५ फेब्रुअरी मंगलबारको दिन कुवेतको मिसरफस्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा हुुुने अन्तर नेपाली भलिबल खेल प्रतियोगिताको टाइसिट प्रकाशित गरेको छ।

    उक्त भलिबल प्रतियोगिताको लागि जम्मा ११ टिमहरुको सहभागिता रहने महासचिव मानबहादुर तामाङले हिमालीसंचारलाई जानकारी दिए।

    शुक्रबार २१ फेब्रुअरीका दिन एमबि बम्जन गोल्ड कपको खेल मैदानमा एनआरएनए कुवेतका अध्यक्ष सुजन केसि, एनआरएनए मध्यपुर्व महिला संयोजक सुमित्रा देवी पाैडेल, एनआरएनए मानार्थ आइसीसी सदस्य सुरज मास्के, एनसीसीका अन्य पदाधिकारी लगायत भलिबल प्रतियोगितामा प्रतिस्पर्धा जनाउने भलिबल टिमका टिम क्याप्टेन तथा प्रतिनीधिहरूको रोहबरमा गोला थुतेर सार्वजनिक गरिएको टाइसिट अनुसार “ए पोल” बाट ६ टिम र ‘बि पोल” बाट ५ टिमले प्रतिस्पर्धा गर्ने छन् भने “बि” पोलमा रहेको बिजोडी टिमले सिधै क्वार्टर फाइनल खेल खेल्न पाउने छ।

    प्रकाशित टाइसिट अनुसार पहिलो खेल “ए” पोल मगर संघ कुवेत ‘ए’ टिम र नेपाल टिम बिच हुनेछ भने दोश्रो खेल ”बि” पोलबाट मगर संघ कुवेत ‘बि’ टिम र कल्याणकारी समाज ‘बि’ टिम बिच हुनेछ।

    तेश्रो खेल “ए” पोलबाट नेपाल कुवेत सरोकार समाजको टिम र तनहुँ भलिबल टिम बिच हुनेछ भने चाैथो खेल “बि” पोलबाट मोना कुवेत ‘बि’ टिम र स्याङ्जा समाज कुवेतको टिम बिच हुनेछ।

    पाँचाैं खेल सुदुरपश्चिमेली भलिबल टिम र कल्याणकारी ‘ए’ टिम बिच हुनेछ भने बिजोडीमा परेको मोना कुवेत ‘ए’ टिमले “बि” पोलबाट चाैथो खेल जित्ने टिमसँग सिधै क्वार्टर फाइनल खेल खेल्नेछ।

    अन्तर नेपाली भलिबल प्रतियोगिता बिहान ८ बजेबाट शुरू हुनेछ भने भलिबल खेल अन्तर्राष्ट्रियस्तरको कभर्ड हलमा खेल हुँदैछ।

    उक्त भलिबल प्रतियोगितास्थलमा कडा सुरक्षा ब्यवस्था रहने भएकोले प्रतियोगितामा सहभागिता जनाउने र प्रतियोगिता हेर्न आउने सम्पुर्ण खेलप्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कुवेतको कानुनले वर्जित गरेका खानपिन नखान तथा नलैजान सबैमा अनुरोध गरिएको छ।

    साथै सहभागी हुने सबै टिमहरूलाई तोकिएको समयमै उपस्थित भइदिन तथा मर्यादित र अनुसाशित ढंगले स्वस्थ्य प्रतिस्पर्धा गर्न एनसीसी कुवेतले आग्रह समेत गरेको छ।

    पुरस्कारको राशी प्रथम हुने टीमलाई १५१ कुवेती दिनार, द्वित्तीय हुने टीमलाई १०१ कुवेती दिनार र तृतीय हुने टीमलाई ५१ कुवेती दिनार नगद प्रदान गर्नुका साथै ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताईएको छ।

    उक्त प्रतियोगितामा अनुशासित टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट सटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट रेजरलाइ समेत ट्रफी र नगद पुरस्कार सहित पुरस्कृत गरिने छ।

    खेल तालिका यस्तो छ:

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    आज २०८२ साल असार ९ गतेको राशिफल

    आज असार ९, २०८२ (जुन २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    क्रोएसिया पठाउने भन्दै ठगी गर्ने सिन्धुलीका युवक पक्राउ

    काठमाडौं, असार ८ – वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा सिन्धुलीका एक...

    जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी

    काठमाडौं, असार ८ – बैंकिङ कसुरको आरोपमा जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध...

    नारायणी नदीमा बग्दै गरेका पुरुषको सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार

    चितवन, असार ८ – चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीमा बग्दै गरेका एक पुरुषलाई सशस्त्र...

    रास्वपा सभापति लामिछाने भैरहवा कारागारमा : गुनासो छैन, पुस्तक र पार्टीप्रतिको विश्वासमै समय बिताउँदै

    भैरहवा, असार ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने अहिले रुपन्देहीस्थित...