News Portal

हाम्रो पात्रोलाई सामाजिक सञ्जालसँगै बन्द गर्ने सरकारी निर्णय विवादित

१९१ पटक

काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका भन्दै सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा लोकप्रिय एप हाम्रो पात्रो समेत समेटेपछि यसको चर्को विरोध सुरु भएको छ। विज्ञ, प्रयोगकर्ता तथा डिजिटल अधिकारकर्मीहरूले यसलाई बदनियतपूर्ण कदम भनेका छन्।

फेसबुक, टिकटक र ट्वीटरजस्ता प्लेटफर्मसँगै राखिएको हाम्रो पात्रो सामाजिक सञ्जाल नभई क्यालेन्डर, चाडपर्व, ज्योतिष, समाचार, एफएम रेडियो, विप्रेषण, टेलिमेडिसिनलगायत सेवासहितको बहुउद्देश्यीय एप हो। दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको यस एपलाई रोक्ने प्रयासले प्रयोगकर्तामा मात्र नभई प्रविधि क्षेत्रमै अन्योल र आक्रोश सिर्जना गरेको छ।

विशेषज्ञहरूको भनाइमा, हाम्रो पात्रो जनमत निर्माणमा प्रभावशाली प्लेटफर्म बन्दै गएको छ। त्यसैले सरकारका आलोचकलाई कमजोर पार्ने उद्देश्यले यसलाई बन्द गर्ने तयारी भएको आशंका गरिएको छ। यदि सरकार सफल भयो भने नेपालभित्र र विदेशमा रहेका करोडौं नेपाली दैनिक जानकारी र संस्कृतिसँगको सम्बन्धबाट वञ्चित हुने खतरा छ।

यस्तो निर्णयले नेपाली संस्कृतिमाथि मात्र नभई स्टार्टअप इकोसिस्टममा समेत नकारात्मक असर पार्ने चेतावनी दिइएको छ। प्राविधिक विज्ञहरूका अनुसार, सामाजिक सञ्जाल, अनलाइन पत्रिका र क्यालेन्डर एपबीच भिन्नता छुट्याउन नसक्ने हो भने फिनटेक, एडुटेक वा हेल्थटेक एपहरू पनि भोलि जोखिममा पर्न सक्छन्।

प्रधानमन्त्रीसँग निकट देखिने केही समूहले डिजिटल बजार नियन्त्रण गर्ने उद्देश्यले यस्तो निर्णय गराएको आरोप समेत सार्वजनिक भएको छ। उनीहरूले यसअघि पनि स्वास्थ्य, शिक्षा र वित्तीय प्रणालीसँग सम्बन्धित डिजिटल परियोजनामा चलखेल गरेको दाबी गरिएको छ।

यसैबीच, प्रयोगकर्ता र डिजिटल अधिकारकर्मीहरूले हाम्रो पात्रो लाई गलत वर्गीकरण गरेर बन्द गर्ने निर्णय तुरुन्त फिर्ता लिन सरकारसँग माग गरेका छन्।

 

प्रतिकृया दिनुहोस्

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...

खर्च नियन्त्रण र विकासमा जोड, सेवा प्रवाह सुधार महानगरको लक्ष्यः बालेन शाह

काठमाडौं, मंसिर २९ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत लगानी...