News Portal

  • ओमानको नयाँ सुल्तानमा हैयथम 

    हिमाली संचार संवाददाता
    ४८७ पटक

    ओमानको नयाँ सुल्तानमा पूर्वसंस्कृति मन्त्री हैयथम बिन तारिक अल सइद नियुक्त भएका छन् । ओमानी सञ्चारमाध्यमका अनुसार उनले ओमानको सुल्तानका रुपमा शपथ पनि लिइसकेका छन् ।

    शुक्रबार साँझ ओमानका सुल्तान काबुस बिन सइद अल सइदको ७९ वर्षको उमेरमा निधन भएपछि शनिबार हैयथमलाई नयाँ सुल्तान नियुक्त गरिएको हो । काबुसको इच्छाबमोजिम हैयथमलाई ओमानको सुल्तानमा नियुक्त गरिएको हो ।

    स्वर्गीय सुल्तान काबुस अविवाहित थिए । त्यसैले ओमानी सिधै ओमानी सत्ता सम्हाल्ने उत्तराधिकारी कोही थिएन । उनका तीन भाइलाई नै नयाँ ओमानी सुल्तानको उत्तराधिकारीको दाबेदार मानिएको थियो । बन्द खाममा रहेको सुल्तान काबुसको

    इच्छापत्र(विल) बमोजिम हैयथमलाई ओमानको सुल्तान नियुक्त गरिएको गल्फन्युजले जनाएको छ ।

    शनिबार सुल्तान काबुस बिन सइदको अन्तिम संस्कारअघि हैयथमले अल बुस्तन दरबारमा राज्यारोहण गर्नेछन् । शनिबार बिहान बसेको ओमानको शाही परिवार परिषदको बैठकले हैयथमलाई नयाँ सुल्तानमा नियुक्त गरेको हो ।

    हैयथमले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका छन् । उनी ओमान फुटबल संघका पहिलो प्रमुखसमेत हुन् । उनी ओमानी नागरिकका बीच खेलप्रेमी व्यक्तिका रुपमा परिचित रहेका छन् ।

    सुल्तान काबुसको निधनमा ओमानमा तीन दिन राष्ट्रिय शोक मनाइने भएको छ । त्यस्तै ओमानभर तीन दिन बिदाको घोषणा गरिएको छ ।

    सन् १९७० मा बेलायतको समर्थनमा आफ्नै पितालाई हटाएर ओमानको सत्ता सम्हालेका सुल्तान काबुस आधुनिक ओमानका निर्माताका रुपमा परिचित थिए । उनी उदारवादीका छविका सुल्तान मानिन्थे । उनले ओमानमा सामाजिक सुधारका थुप्रै काम गरेका छन् । त्यही छवि र उनले समातेको विकासको पथलाई नयाँ सुल्तानले पछ्याउँछन् पछ्याउँदैनन् त्यो भने आउने दिनले नै बताउला ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाल मेटा कन्टेन्ट मनिटाइजेसन योग्य देशको सूचीमा

    काठमाडौं, भदौ १८ – अब नेपालका फेसबुक प्रयोगकर्ता र क्रियटरहरूले आधिकारिक रूपमा फेसबुकमार्फत आम्दानी गर्न...

    नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतमा अन्तिम सुनुवाइ सुरु

    काठमाडौं, भदौ १८ – नेपालीलाई भुटानी शरणार्थीको नाममा अमेरिका पठाउने ठगी प्रकरण अब अन्तिम चरणमा...

    गोरखामा भदौ महिनामै दशैं मनाइयो

    गोरखा, भदौ १८ – गोरखाका केही क्षेत्रमा यस वर्ष दशैं पर्व असोजमा नभई भदौ महिनामै...

    दमौलीमा दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

    काठमाडौं, भदौ १८ – तनहुँको दमौलीमा मंगलबार राति दुई स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको ज्यान...

    आज २०८२ साल भदौ १८ गतेको राशिफल

    आज भदौ १८, २०८२ (सेप्टेम्बर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...