News Portal

  • कोहलपुर ६ को वडाध्यक्षमा नेकपाका रामशरण विजयी

    हिमाली संचार संवाददाता
    ७९० पटक

    विजय मल्ल
    बाँके १५, २०७६ मंसिर : कोहलपुर नगरपालिकाको वडा नम्बर–६ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ। यसअघि यो वडामा नेपाली काँग्रेसका उम्मेद्वारले जितेका थिए।

    कोहलपुर नगरपालिका–६, का तत्कालीन वडाध्यक्ष रामसोहन थारुको २०७५ मंसिर ९ गते निधनपछि उपचुनाव भएको हो। शनिबार सम्पन्न उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रामशरण थारु वडाध्यक्ष विजयी भएका छन्।

    उनले ८०० मत पाए। गत निर्वाचनमा काँग्रेसका उम्मेद्वार रामसोहन थारुले जम्मा ४ सय २४ मत प्राप्त गरी विजयी भएका थिए। यो वडामा कुल मतदाता २ हजार २६ थिए तर, १ हजार ६ सय ३४ मत अर्थात ८०.६५ प्रतिशत मात्रै खसेको थियो।

    जसमा ७ सय ५१ जना पुरुष र ८ सय ८३ महिलाले मतदान गरेका छन्। दुई हजार २६ मतदाता रहेकोमध्ये ३ सय ९२ मत नखसेको प्रमूख निर्वाचन अधिकृत षडानन्द तिवारीले जानकारी दिए।

    राशरण थारुका निकट्तम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका श्रीकृष्ण थारुले ७ सय ३६ मत पाएका छन्। यो मत विजयी रामशरण भन्दा ६४ ले कम छ।

    यस्तै वडाअध्यक्षका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टी(कमल थापा नेतृत्व राप्रपा) का श्रीधर सुवेदीले ६१ मत पाए। उनीसंगै समाजबादी पार्टीका शुभाखर पोखरेलले १० मत र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) दिपालक्ष्मी हमालले १३ मत प्राप्त गरेकी छन्।

    अघिल्लो निर्वाचनमा राप्रपाका नेपबहादुर ओली र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सुभाखर पोखरेलले क्रमशः ८७ र ५६ मत प्राप्त गरेका थिए तर, यसपटकको उपनिर्वाचनमा यी दुई पार्टीले आफ्नो यसअघिको मत रेकर्ड ब्रेक गर्न सकेनन्।

    शनिबार भएको मतदानमा जम्मा १४ मत बदर भएको प्रमूख निर्वाचन अधिकृत षडानन्द तिवारीले जानकारी दिए। करिब साढे ४ घण्टामा मतगणना सकिएको हो।

    १५ वटा वडा रहेको कोहलपुरमा प्रमुख सहित नेकपाका ९ र उपप्रमुख सहित काँग्रेसका ६ वडाध्यक्ष छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ७ गतेको राशिफल

    आज भदौ ७, २०८२ (अगस्त २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सङ्खुवासभामा भूकम्पको धक्का

    काठमाडौँ – सङ्खुवासभा जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर आइतबार राति ४.४ स्थानीय परिमाणको भूकम्प गएको...

    उपसभामुख राना मगरको विदेश भ्रमणमा विवाद: १० पटक स्वीकृति बिना यात्रा

    काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर १७ पटक विदेश भ्रमणमा गएकी...

    प्रभु साह– ठगी आरोपमा निष्कासन पाएका नेतालाई प्रधानमन्त्री ओलीले भ्रमपूर्ण प्रचार गर्दै एमालेमा भित्र्याए

    काठमाडौँ, भदौ ६ – आम जनता पार्टी (आजपा) का अध्यक्ष उपेन्द्र साहले एमाले अध्यक्ष तथा...

    लाल बकैया खोलाको जलसतह सतर्कता तह नाघ्यो

    काठमाडौँ, भदौ ६ – मकवानपुरको लाल बकैया खोलामा लगातारको वर्षापछि पानीको सतह सतर्कता तह नाघेको...