News Portal

  • रोल्पामा बिप्लव नेकपाको जर्बजस्त प्रभाव : बिजयी वडाध्यक्षमाथी नैतिक संकट

    हिमाली संचार संवाददाता
    ६५९ पटक

    सुर्य बराल
    रोल्पा १४, २०७६ मंसिर : माओबादी आन्दोलनको उदगमस्थल रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा स्थानिय मतदाताको बहिस्कारले रोल्पाको थवाङको बिद्रोहीपन र बर्तमान सत्ता एवं ब्यबस्थाप्रतिको असन्तुष्टि शसक्त रुपमा उजगार भएको छ।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा विजयी भएको छ। नेत्रविक्रम चन्द समर्थित स्वतन्त्र उम्मेद्वारले जितेको थबाङ १ का तत्कालीन वडाध्यक्ष फर्कबहादुर बुढामगरको गत् असार ६ गते निधन भएपछि उपचुनाव भएको सो वडामा नेकपाका जनकबहादुर बुढामगर वडाध्यक्ष विजयी भएका छन्।

    उनले १७४ मत पाए बुढामगरका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले २६ मत मात्र पाए। १२८४ कुल मतदाता रहेको यो वडामा जम्मा २०९ मत अर्थात १६.४ प्रतिशत मात्रै खसेको थियो।

    अघिल्लोपटक स्वतन्त्र रुपमा उठेको उमेदवारलाई सर्मथन गरेका अधिकांस स्थानियले यसपटक नेत्रविक्रम चन्द बिप्लवको पार्टीको अपिल अनुरुप चुनाव बहिस्कार गर्दा १२ सय मतदाता भएका ठाउँमा २०९ मत खसेको हो। त्यसमध्ये १७४ मत ल्याई नेकपाका जनकबहादुर विजयी बनेका हुन्।

    यसरी यस वडामा बिजयी भएका वडाध्यक्ष बुढामगर कानुनी रुपमा बिजयी भएपनि नैतिक रुपमा भने कुल मत ६ भाग मध्ये एक भाग सख्याँ मत पनि प्राप्त गर्न नसक्नु बिजयी भित्रको पराजय नै हो।

    यसको अर्थ त्यस ठाँउका स्थानियको जनभावनालाई कदर गर्दै अगाडी बढनसके बुढामगर कानुनी र प्राबिधिक रुपमा बिजयी भएपनि जनताबाट तिरस्कार र बहिस्कारमा पर्दे जानेछन्। यसर्थ आम थवाङको सन्देशलाई बुढामगरहरुले मात्र होईन काठमाण्डौंमा बसि शासनसत्ता हाक्नेहरुले पनि बुझ्नुपर्ने देखिन्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ७ गतेको राशिफल

    आज भदौ ७, २०८२ (अगस्त २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सङ्खुवासभामा भूकम्पको धक्का

    काठमाडौँ – सङ्खुवासभा जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर आइतबार राति ४.४ स्थानीय परिमाणको भूकम्प गएको...

    उपसभामुख राना मगरको विदेश भ्रमणमा विवाद: १० पटक स्वीकृति बिना यात्रा

    काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर १७ पटक विदेश भ्रमणमा गएकी...

    प्रभु साह– ठगी आरोपमा निष्कासन पाएका नेतालाई प्रधानमन्त्री ओलीले भ्रमपूर्ण प्रचार गर्दै एमालेमा भित्र्याए

    काठमाडौँ, भदौ ६ – आम जनता पार्टी (आजपा) का अध्यक्ष उपेन्द्र साहले एमाले अध्यक्ष तथा...

    लाल बकैया खोलाको जलसतह सतर्कता तह नाघ्यो

    काठमाडौँ, भदौ ६ – मकवानपुरको लाल बकैया खोलामा लगातारको वर्षापछि पानीको सतह सतर्कता तह नाघेको...