News Portal

पर्वतको दुर्गम गाउँमा निशुल्क तेक्वान्दो प्रशिक्षण

हिमाली संचार संवाददाता
६३५ पटक

दुर्गाप्रसाद शर्मा
पर्वत १५, २०७६ कार्तिक : पर्वतको एउटा दुर्गम गाउँका बालबालिकाका लागि निशुल्क रुपमा तेक्वान्दो खेलको प्रशिक्षण दिन थालिएको छ।

पर्वतको सुदुर दक्षिणमा पर्ने बिहादी गाउँपालिका–५ गेप्ताङ्ग गाउँमा स्थानिय युवाले बालबलिकाहरुलाई निशुल्क तेक्वान्दोको प्रशिक्षण चलाएका हुन्।

बैदेशिक रोजगारीबाट फर्केका चित्रबहादुर थापा र पोखरामा स्नातक तह अध्ययन गर्दै आएका संगम थापाले बालबालिकालाई अनुशासित बनाउने र खेलकुदमा अगाडी बढाउन निशुल्क प्रशिक्षण दिदैँ आउनु भएको छ।

गेप्ताङ्ग तेक्वान्दो डोजाङ्ग गठन गरेर प्रशिक्षण सञ्चालन भैरहेको छ। तेक्वान्दो खेलप्रति खासै आकर्षण नभएका देखि नाम पनि नसुनेका बालबालिकालाई शुरुमा खेल सिकाउन कठिनाई भएको थियो।

पछिल्लो समय अभिभावक पनि सकारात्मक भएपनि सिंगो गाउँका ५ देखि १९ बर्ष सम्मका अधिकाँश बालबालिकाहरु नियमित प्रशिक्षणमा आउन थालेको चित्र थापा बताउनुहुन्छ।

अहिले २५ जना नियमित प्रशिक्षणमा आउने गरेको प्रशिक्षक चित्र थापा बताउनुहुन्छ। स्थानिय लक्ष्मी आधारभूत बिद्यालय गेप्ताङ्ग र चन्द्र माबि उरामपोखरामा पढ्ने विद्यार्थीहरु प्रशिक्षणमा सहभागी भएका छन्।

पोखरामा अध्ययन गर्दै आउनुभएका संगम थापा स्कुले जीवनमै कुस्माको नमुना आवासिय माबिमा नै तेक्वान्दोको राम्रो खेलाडी बन्नुभएको थियो। अहिले गाउँमा आएर नियमित रुपमा प्रशिक्षण दिन पाउँदा आफुँलाई पनि गर्व महसुस भएको बताउनु भयो।

नियमित तेक्वान्दो प्रशिक्षण लिएपछि विद्यार्थीहरु अनुशासित बन्दै गएको लक्ष्मी आधारभूत विद्यालयका शिक्षक शेरबहादुर थापाले बताउनुभयो।

बिद्यार्थीहरुले पर्वत स्टार तेक्वान्दो प्रतियोगिता र जिल्ला खेलकुद बिकास समितिले सञ्चालन गरेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा पनि सहभागी भैसकेका छन।

अब जिल्ला र छिमेकी जिल्लाका प्रतियोगितामा सहभागी गराएर पदक जिताउने लक्ष्य रहेको प्रशिक्षक संगम थापाले बताउनुभयो।

प्रतिकृया दिनुहोस्

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत...

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...