News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • हाम्राकुरा डटकमका सम्पादक अजयवावु शिवाकोटीलाई ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’

    हिमाली संचार संवाददाता
    ६२३ पटक

    २१ असोज २०७६ काठमाडौं : हाम्राकुरा डटकमका सम्पादक अजयबाबु शिवाकोटीलाई यो बर्षको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ बाट सम्मानित गरिने भएको छ। ईन्जाले एक विज्ञप्ती निकाली सम्पादक शिवाकोटीलाई पुरस्कृत गर्ने निर्णय गरेको घोषणा गरेको हो।

    सम्पादक शिवाकोटीलाई ईन्जाका निर्देशक किशोर सापकोटाले फोन सम्पर्क समेत गरि पुरस्कार दिइने निर्णय भएको जानकारी गराएका थिए। ईन्जा अमेरिकाको वासिंङ्टन डिसी, अमेरिकामा मुख्यालयमा रहेको नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल हो।

    हाम्राकुराका सम्पादक शिवाकोटीले पुरस्कार दिने निर्णयप्रति आभार प्रकट गर्दै यसले थप जिम्मेवार भएर पत्रकारीता गर्न प्रेरित गर्ने बताए। आफ्नो दुई दशक लामो पत्रकारीतामा पहिलो पुरस्कार पाएको उल्लेख गर्दै शिवाकोटीले यो पुरस्कारले देश र जनताको पक्षमा रहेर पत्रकारीता गर्ने आफ्नो अभियानलाई अझ उत्साहित गरेको बताएका छन्।

    ईन्जाले प्रेस विज्ञप्ती निकाल्दै शिवाकोटीलाई पुरस्कार दिने घोषणा गरेको छ। ईन्जाले निकालेको विज्ञप्तीको पूर्ण पाठ यस प्रकार रहेको छ।

    प्रेस वक्तव्य

    ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ यो वर्ष नेपालवाट सञ्चालित अनलाइन पोर्टल हाम्राकुरा डटकमका सम्पादक अजयवावु सिवाकोटीलाई प्रदान गरिने।

    मितिः अक्टोवर ७, २०१९
    वाशिंगटन डि.सि

    नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल (ईन्जा) ले स्थापना गरेको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ यो वर्ष नेपालवाट सञ्चालित अनलाइन पोर्टल हाम्रा कुरा डटकमका सम्पादक अजयवावु शिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको छ। यो पुरस्कारको राशी १ हजार अमेरिकी डलर रहेकोछ । ईन्जा व्यवस्थापन समितिले नोभेम्वर १७, २०१९ का दिन अमेरिकाको राजधानी वासिंङ्टन डिसीमा एक भव्य समारोह आयोजनागरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

    हाम्रा कुरा डटकमले एक महिलामाथि यौन दुर्व्यवहार गर्ने निवर्तमान सभामुख कृष्ण वहादुर महरावारेको समाचार पहिलो पटक सार्वजनिक गरेको थियो ।

    नेपालमा सानालाई ऐन ठुलालाई चैन भन्ने मान्यता स्थापित हुँदै गएको समयमा सो समाचारले नेपालको मर्यादाक्रममा चौथों स्थानमा रहेका सभामुख महरालाई राजीनामा गर्न वाध्य मात्रै वनाएनकि हाल उनीलाई आवश्यक कानुनी कारवाहीकोलागि प्रहरीले हिरासतमा समेत लिइसकेकोछ ।

    नेपाली पत्रकारिताको इतिहासमा सत्य र तथ्यमा आधारित भएर यस्ता साहसी समाचारहरु विरलै प्रकाशित भएका छन् । ईन्जा यो साहसी पत्रकारिताको सम्मान गर्न चाहन्छ र यस्ता समाचारहरुले कानुनी राज्यको व्यवस्थापनमा थप वल पुर्याउनेछ भन्ने विश्वास राख्दछ । समाचार प्रकाशनसंगै सम्पादक शिवाकोटीको सुरक्षाप्रति गम्भीर चासो उत्पन्न भइरहेकोले ईन्जा उहाँको सुरक्षा व्यवस्था मिलाउन नेपाल सरकारसंग आग्रह समेत गर्दछ ।

    अन्तमा, विजयादशमी २०७६ का उपलक्षमा ईन्जा सम्पूर्ण महानुभावहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ।

    धन्यवाद।

    ​​​ईन्जा मुख्यालय
    वासिंङ्टन डिसी, अमेरिका

    प्रतिकृया दिनुहोस्

    इमाडोलमा अचेत अवस्थामा फेला परेका युवकको अस्पतालमा मृत्यु

    ललितपुर, वैशाख ३० – ललितपुरको इमाडोलस्थित एक घरमा अचेत अवस्थामा फेला परेका युवकको उपचारको क्रममा...

    मध्यरातमा मापसे गर्दै सहचालकले चलाएको बस पक्की घरमा ठोक्कियो, भक्तपुरमा ठुलो क्षति

    काठमाडौं, वैशाख ३० – शनिबार राति करिब २ बजे भक्तपुरको मध्यपुरथिमी नगरपालिका–९ स्थित निकोसेरामा एक...

    घोराहीमा लागुऔषधसहित दुई जना पक्राउ, अनुसन्धान जारी

    दाङ, वैशाख ३० – दाङको घोराहीमा लागुऔषधसहित दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ। लागुऔषध दुव्र्यसनी नियन्त्रण...

    गिरुवारी खोलाको पुल भाँचिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक बाटोबाट सवारी सञ्चालन

    नवलपुर, वैशाख ३० — पूर्व–पश्चिम राजमार्गको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अन्तर्गत नवलपुरको चोरमारास्थित गिरुवारी खोलामा...

    आजको राशिफल

    आज वैशाख ३०, २०८२ (मे १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...