News Portal

प्रधानमन्त्री ओलीलाई मकाउबाट युवाको पत्र !

सन्जिब कोयी
११२८ पटक

सम्माननीय प्रधानमन्त्री ज्यु !

प्रदेशीभुमीमा आराम छु, आरामको कामना चाहान्छु। दुई तिहाइको सरकार अझ बढी शक्तिशाली बनोस, दुर्गामाताको थप शक्ति मिलोस शुभकामना दिन चाहान्छु। हामीले हेरेका थियौ तपाईको निर्वाचनको पुर्वसन्ध्यामा तपाईको उम्मेद्वारीसंगै तपाईको पार्टीको घोषणापत्र, त्यो तपाईको प्रतिज्ञा हामीले रत्तिभर विचलित नभई विर्सेका छैनौ आज पनि सर्वसाधारण जनताको हैसितले मेरो मानसपटलमा अझै बाकी छ। आशा मारेको छैन, अझै थप आशा राखिरहेको छु।

प्रदेशीभूमीमा म जस्तै करिव ७० लाखभन्दा धेरै नेपाली श्रमिक युवाहरु चाडपर्वको रौनकले विछिप्त भएको बखत अनि तपाईको पार्टी भित्र हरेक राजनैतिक कसरत हुदै गर्दा महरा काण्ड, सभामुख आफ्नै पोल्टामा राख्न उपसभामुखलाई बर्खास्त गर्ने हत्तारो होला। फेरी पनि सम्माननीय प्रधानमन्त्री ज्युलाई पत्र लेख्दै चुनावीमैदानमा रहदाको प्रतिबद्धता सम्झाउन यो पत्र लेखिरहेको छु।

नेपालको नागरिक हुनुमा गर्व महसूस गर्छु। विश्वकै अग्लो देशको पर्यटकीय दृष्टिकोणले प्राकृतिक सुन्दरताले सुसज्जित, धार्मिक एकता, भौगोलिक अखण्डता, भाषिक सहिष्णुता, बुद्ध जन्मेका शान्तिभूमी, विश्वकै राम्रो जलाधार र समग्र वीर गोर्खालीको देशको ब्याबस्थापन हुन सके विश्वकै सम्पन्न मुलुक सरह नेपालको नाम दर्ज गर्न सकिने प्रबल सम्भावना रहेको छ।

दशै, तिहार, छठ, ल्होसार र उधौली २०७६ तथा येलेदोङ ५०७९ को पावन अवसरमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना ! प्रधानमन्त्री ज्यु रापीलो मौसममा भरीलो शुभकामना दिन पाउदा हर्षित छु। नेता र सरकारको कारणले पारिवारको सुख र खुशी खोज्न प्रदेशमा छु। यो समयमा प्रदेशी भूमीबाट परिवार अनि सबै इष्टमित्र सबैलाई सम्झनु पर्दा धेरै दु:खी छु, मन भारी भएको छ।

हाम्रो मुलुकमा दशैको रौनक साथै उल्लास सुरु भइसकेको छ। विदेशमा भएकाहरु स्वदेश र शहरमा भएकाहरु गाउधर जादै छन् आफन्त, परिवार, दाजुभाई र दिदिबहिनी, साथीभाईहरु र दौतेरीहरुलाई भेट्न, अगालो मार्न र धित मरुन्जेल अतितका सम्झनाहरु खोतलीखोतली हास्न, रमाउन आतुर छन् उसै त यो मौसम नै मिठो अनि प्राकृतिले हराभरा लहलह मगमगाउने मौसम नै आफैमा सुगन्धित हुन्छ।

विदेशमा बसेकाहरु झोला गुडाउदै स्वदेश फर्कदै गरेको फोटाहरु सामाजिक संजालमा राखिरहेका छन। विरानो मुलुकका चर्को धाम, मेहनत, श्रम पसिना र थकान केही दिनका लागी विश्राम लिन पाउदा सन्तुस्टिको लामो सुस्केरा हाल्दै गाउबेशी र वन पाखा खुशीको मिठास गुन्जाउदै यो मिठो अनुभूतिले हृदय गद्गदाएको छ। म जस्तै बाध्यताले अझै प्रबासमा रहन बाध्य, घरको छानो र पारिवारिक सुखसंगै पेटको लागी एक मानो जोहो गर्न म जस्तै अझै प्रदेशमा बस्नु परेकाहरु प्रति आधुनिक प्रविधिको उपयोग गरी मनका कुरा साट्न बाहेकको अरु विकल्प छैन।

प्रधानमन्त्री ज्यु ! म यो पुनः समझना दिलाउन चाहान्छु। हाम्रा देशमा भोट हाल्नेहरु कहिले पनी धनी भएनन् भोट पाउनेहरु मात्र सधै धनी नै धनी भए, नेताहरुकै स्वार्थीपनाले आज हामी विदेशीभुमीमा श्रम गर्न बाध्य भयौ, परिवारसंग टाढिनु परेको छ। म जस्ता श्रमिकहरुलाई यस्ता हरेक चाडपर्व र रमाईला रौनकहरुले डिप्रेशनको सिकार हुनु परेको छ। गलत विचारले उत्कर्षमा डेरा जमाई रहेको हुन्छ।

नेपालको राजनीतिक उथलपुथल हुदै लामो समयको अन्तराल प्रश्चात करिव आठ बर्षपछी संविधान बन्यो अनि जनताको अभिमतद्वारा दुइतिहाइको सरकार गठनको अवसर नेपालका परिवर्तनकारी शक्ति कम्युनिस्ट पार्टीलाई जनताले अत्यधिक बहुमत दिएर सर्वशक्तिमान सरकार गठन गर्ने अवसर दियो।

पुर्वको शालिन पहाड, किरात सभ्यता र प्राकृतिक मनमोहक सुन्दरताको काखबाट तपाइको संघर्ष सुरु भयो। फराकिलो पराडको सभ्य समाज र किरात सभ्यता मलाई भन्दा सम्माननीय प्रधानमन्त्री ज्युलाई राम्रो अवगत छ। नेपालको राजनैतिक विभिन्न कालखण्डमा उथलपुथल हुदाहुदै नेपालको संविधान सभाबाट बि.सं. २०७२ पारित हुदै २०७२ सालको संविधानको प्रस्तावना प्यारा चार (४) मा स्पष्ट रुपले संकल्पको परिकल्पना उल्लेख गरी ब्याख्या गरेको छ।

यस्तो प्रत्येक महत्वपूर्ण बुदाहरुको कार्यन्यन गर्न संधिय सरकार, प्रदेश सरकार र समस्त विधायक संधिय प्रतिनिधि सभा, प्रदेश सभाका जनप्रतिनिधि ज़िम्मेदार हुदाहुदै पनी संविधानको मुलमर्म र भावनालाई लत्याई रहेको छ। नेपालको संविधान २०७२ को प्रस्तावनाको प्यारा ४ मा स्पष्ट भनिएको छ।

बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसंस्कृतिक तथा भौगोलिक विभिधतायुक्त विशेषतालाई आत्मसात गरी विभितताको विषयमा एकता, सामाजिक, सांस्कृतिक ऐक्यावद्धता, सहिष्णुता र सदभावलाई संरक्षण एवम् प्रावधान गर्दै बर्गिय जातिय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्ध र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक र समावेशी र सहभागीतामुलक शिद्धान्तको आधारमा समतामुलक समाजको निर्माण गर्न संकल्प गर्दै भनिएको छ।

यसको अर्थ हरेक प्रदेशमा बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसास्कृतिक, विशेषतायुक्त भौगोलिक विभिततामा रहेर समान आकाक्ष र नेपालको राष्टिय स्वतन्त्रता भौगोलिक अखण्डता र राष्टिय हित र समृद्ध प्रति सजक रहेर एकताको सुत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा नेपाल राष्ट हो। यसरी संबिधानले नेपाल राष्टको परिभाषित गरीसके पछी प्रत्येक प्रदेशको नामकरण गर्दा स्थानीय निकायको बहुपहिचान, बहुजातीय, बहुभाषिक विभितता झल्किनु पर्दछ।

दुर्भाग्यवस हरेक प्रदेशको नामाकरण संविधानको हरेक मर्म र भावना विपरीत नामाकरण हुदै गर्दा प्रदेश नं.१ को नामाकरणमा किरात राई यायोक्खा केन्द्र ले स्थानीय निकायको बहुपहिचान, बहुअष्तित्वमा आधारित सभ्याताको आधारमा नामाकरण गर्दा “किरात प्रदेश” हुनु पर्दछ भनी समग्र नेपालको संविधानको कार्यन्यनमा समेत ठुलो टेवा पुग्ने गरी नेपाल सरकारलाई भरपुर सहयोग गर्ने निर्णय गरी सकेको छ।

नयाँ संरचना अनुसार ७ प्रदेश र स्थानीय ७५३ तह पुनसंरचना तयार गरेका छन्। नेपालका राजनीतिक ईतिहासमा लखन थापा, सुदेव गुरुङ, जिवी याक्थुम्बा, नारदमणी थुलुङ र राम प्रसाद राई जस्ता योद्धाहरुलाई दुइतिहाइको सरकारले विर्सेका होला। २०५२-२०७२ लामो १० बर्षे जनान्दोलनमा पनी जनजातिहरुले बलिदान दिएका छन् यस्ता महत्वपुर्ण निर्णायक लडाईहरुमा आदिवासीहरु धेरै सहादत भएका छन।

पश्चिम रोल्पामा मगरबस्ति खालि भयो, धनकुटा छिन्ताङमा राई बस्ति शोकमग्न भयो, झापामा जनजाती बस्ती उजाड भए। त्यसैले पनी हामी प्रदेश नं. १ को नामाकरणमा ईतिहास र सभ्यताको आधारमा नामाकरण हुनुपर्दछ भन्दा अहिले संविधानले दिएको अक्षरंश अनुसार प्रदेशको नामाकरण गर भन्दा जातिय हुने ? जनजातीको पसिना, वलिदान र रगत ल्याएको परिवर्तनमा प्रदेशको नामाकरण बहुआयामीक नामाकरण राखिनु पर्दछ भन्दा जातिय हुने ? एकल धर्म,संस्कृति र संप्रदायको हरेक शक्तिकेन्द्रमा राज्य संचालन गर्दछ भने त्यस्तालाई जातिय राज्य भनिन्छ।

सिहदरवारमा एउटै रंगका बाहुल्यता हुन्छ भने त्यो संरचना ध्वस्त हुनु पर्दछ यो हाम्रो पनी चाहाना हो साथै जोडदार माग पनी हो। बरिस्ठ लेखक तथा विचारक खगेन्द्र संगौला ज्युले भन्नु भएको छ “न बुद्धिकाे सीप छ न हातकाे सीप ? न इलम छ न सिर्जनशीलता ? न इमान छ न शरम ? देखिन, चिनिन, दम्भ प्रदर्शन गर्न र दाैलत थुपार्न सत्ताकाे पदै चाहिने ?? कनिष्ट जितुवाकाे पदहरण गरी बलिष्ट ठालु सत्ताराेहण गर्ने ? राजनीति र राजनीतिकाे नाइके भ्रष्ट हुनाकाे एक गाँठ्ठी कारण, बाहुबली निर्लज्ज” उदाहण दिदै नेताहरु जनमतको खिल्ली उड़ाई रहन्छन् यसरी अमुल्य मतको अपमान जब सम्म हुन्छ तब सम्म नेपाल र नेपालीको भलो हुने छैन।

यस अर्थमा स्थानीय तहबाटै संविधानको भावना र मर्मलाई आत्मसात गर्नु पर्दछ यो प्रत्येक नेपाली जनताको चाहाना अनुरुपको समृद्धि नेपाल र संविधान कार्यन्यन स्थायित्व हुन्छ।

मुलुकलाई समृद्धि बनाउन संबिधानले नेपाल राष्टको परिभाषित गरि सकेका महत्वपुर्ण भावना र मर्मलाई संस्थागत गर्दै हरेक प्रदेशको नामकरण गर्दा स्थानीय निकायको बहुपहिचान, बहुजातीय, बहुभाषिक विभितता टलक्क टलकाउदै नया नेपाल निर्माण गरिनु पर्दछ भन्ने पुनः स्मरण गराउदै अहिलेलाई विदा हुन चाहान्छु। मेरो मुलुक र म जस्ता सर्वसाधारण नेपालीको आधारभूत आवश्यकता मेरो देश नेपालमा नै ब्याबस्थापन होस।

सन्जिब कोयी
खोटाङ, केपीलासगढी – ७ सुङदेल दिक्तेल, सगरमाथा
प्रदेश नम्बर : १ (एक)
हाल : मकाउ

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...