News Portal

भारत–चीन सम्झौताले सार्वभौमिकतामाथि आघात, सरकारलाई तत्काल पहल गर्न एमालेको माग

२९९ पटक

दार्चुला, भदौ ९ – लिपुलेक–कालापानी हुँदै भारत र चीनबीच भएको भनिएको व्यापारिक सहमतिप्रति नेकपा (एमाले) दार्चुला जिल्ला कमिटीले कडा आपत्ति जनाएको छ।

भदौ ७ र ८ गते बसेको बैठकपछि जिल्ला अध्यक्ष ज्ञानेन्द्र घर्तीले सोमबार विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमिकता र स्वाभिमानमाथि आघात पुर्‍याउने खालको गतिविधि कतैबाट पनि स्वीकार्य नहुने चेतावनी दिएका छन्।

विज्ञप्तिमा भनिएको छ, “नेपाली भूमिमा कुनै पनि किसिमको व्यापार, आवतजावत वा गतिविधि हुनु नेपालको सार्वभौम अधिकारमाथि सीधा हस्तक्षेप हो, जसलाई नेपाली जनताले कहिल्यै स्वीकार गर्ने छैनन्।”

एमाले दार्चुलाले सरकारले तुरुन्तै कूटनीतिक पहल गर्दै सीमाको रक्षा र राष्ट्रिय भू–अधिकार सुरक्षित गर्न ठोस कदम चाल्नुपर्ने माग गरेको छ। साथै, भारत–चीन–नेपालबीचको त्रिपक्षीय सम्बन्धमा यस घटनाले नकारात्मक प्रभाव पार्न सक्ने भन्दै सजग रहन पनि सरकारलाई आग्रह गरिएको छ।

पार्टीले आम नेपाली जनता, नागरिक समाज, बुद्धिजीवी, युवा र विद्यार्थीलाई राष्ट्रिय स्वाभिमानको रक्षा गर्न एकताबद्ध हुन आह्वानसमेत गरेको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...