News Portal

भारत–चीन सम्झौताले सार्वभौमिकतामाथि आघात, सरकारलाई तत्काल पहल गर्न एमालेको माग

१९० पटक

दार्चुला, भदौ ९ – लिपुलेक–कालापानी हुँदै भारत र चीनबीच भएको भनिएको व्यापारिक सहमतिप्रति नेकपा (एमाले) दार्चुला जिल्ला कमिटीले कडा आपत्ति जनाएको छ।

भदौ ७ र ८ गते बसेको बैठकपछि जिल्ला अध्यक्ष ज्ञानेन्द्र घर्तीले सोमबार विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमिकता र स्वाभिमानमाथि आघात पुर्‍याउने खालको गतिविधि कतैबाट पनि स्वीकार्य नहुने चेतावनी दिएका छन्।

विज्ञप्तिमा भनिएको छ, “नेपाली भूमिमा कुनै पनि किसिमको व्यापार, आवतजावत वा गतिविधि हुनु नेपालको सार्वभौम अधिकारमाथि सीधा हस्तक्षेप हो, जसलाई नेपाली जनताले कहिल्यै स्वीकार गर्ने छैनन्।”

एमाले दार्चुलाले सरकारले तुरुन्तै कूटनीतिक पहल गर्दै सीमाको रक्षा र राष्ट्रिय भू–अधिकार सुरक्षित गर्न ठोस कदम चाल्नुपर्ने माग गरेको छ। साथै, भारत–चीन–नेपालबीचको त्रिपक्षीय सम्बन्धमा यस घटनाले नकारात्मक प्रभाव पार्न सक्ने भन्दै सजग रहन पनि सरकारलाई आग्रह गरिएको छ।

पार्टीले आम नेपाली जनता, नागरिक समाज, बुद्धिजीवी, युवा र विद्यार्थीलाई राष्ट्रिय स्वाभिमानको रक्षा गर्न एकताबद्ध हुन आह्वानसमेत गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...