News Portal

  • दुबईमा बस दुर्घटनामा ज्यान गुमाउने नेपालीको संख्या ६ पुग्यो

    हिमाली संचार संवाददाता
    ४५३ पटक

    यूएई १ अक्टोबर : यूएईको दुबईमा भएको मिनिबस दुर्घटनामा परि ज्यान गुमाउने नेपाली नागरिकको संख्या ६ पुगेको छ।

    ज्यान जाने नेपालीहरुमा रमेश चाैधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पाेखरेल, दीपक विक र नयराम साउद रहेकाे यूएईस्थित नेपाली दूतावासले जनाएको छ।

    दुर्घटनामा परि ज्यान गुमाउने नेपालीहरुकाे नेपालको ठेगाना भने खुलेकाे छैन। फर्स्ट सेक्युरेटी कम्पनीमा काम गर्ने सुरक्षा कामदार बोकेको मिनिबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा ६ जना नेपाली नागरिकसहित ८ जनाको ज्यान गएको हो।

    ज्यान जानेमा १ पाकिस्तानी नागरिक र १ भारतीय नागरिक समेत रहेका छन्। दुबई प्रहरीका अनुसार घाइतेमध्ये ५ भारतीय र १ जना बंगलादेशी नागरिक छन्।

    घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र सबैलाई उपचारको लागि दुबईमा रहेको अल रसिद अस्पतालमा पुर्‍याइएको छ।

    दुर्घटनामा ज्यान गुमाउने नेपाली नागरिकका बारेमा थप जानकारी लिने प्रयास भैरहेको नेपाली दूतावास युएईका श्रम काउन्सुलर भेषबहादुर कार्कीले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रास्वपाबाट थापाको उम्मेदवारी, पत्रकार सम्मेलन आज दिउँसो

    काठमाडौं, भदौ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ निर्वाचन क्षेत्रका लागि डा. लेखजंग...

    उदयपुरमा प्रधानाध्यापकद्वारा बालिकामाथि बलात्कार, आरोपी पक्राउ

    उदयपुर, भदौ १६ – आफ्नै विद्यालयमा अध्ययनरत १४ वर्षीया छात्रामाथि बलात्कार गरेको आरोपमा एक बोर्डिङ...

    गण्डकी एमालेभित्र विद्या भण्डारीप्रति मतभेद, ओलीको काँध थाप्ने रणनीति?

    पोखरा, भदौ १६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हालैको पोखरा भ्रमणपछि सक्रिय राजनीतिमा फर्किने संकेत दिएपछि...

    आज २०८२ साल भदौ १६ गतेको राशिफल

    आज भदौ १६, २०८२ (सेप्टेम्बर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कालोमोसोको धम्कीपछि यातायात विभागमा प्रहरी परिचालन

    काठमाडौँ, भदौ १५ – अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयको विरोधमा कालोमोसोको धम्की...