News Portal

  • स्वर्गीय पिताको स्मृतिमा अक्षयकोष

    हिमाली संचार संवाददाता
    ८२६ पटक

    सन्जिब राई
    २९ भदौ २०७६, चितवन : कालिका नगरपालिका वडा नं.८ शक्तिखोर स्थायी निवासी समाजसेवी स्वर्गीय सोर बहादुर अधिकारीको स्मृतिमा चतुर्मुखी माध्यमिक विद्यालयमा अक्षयकोष निर्माण गरिएको छ।

    उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको ब्यतित्व बिकास गर्ने उदेश्यका सरसफाई, गरिब तथा जेहेन्दार विद्यार्थीहरुको स्तोरउन्नतिका लागि छोराहरुद्वय कृष्ण बहादुर अधिकारी, वीरेन्द्र अधिकारी संरक्षक रहनेगरी द्वय छोराको विशेष पहलमा सिंगो परिवारको तर्फबाट “स्व.सोर बहादुर अधिकारी छात्रवृत्ति अक्षयकोष” नामाकरण गरी १ लाख १ सय ११ रुपैयाको अक्षयकोष खडा गरेर विद्यालयलाई हस्तान्तरण गरेका छन्।

    उक्त विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर गुरुङले स-धन्यबाद सहितको ज्ञापनपत्र अधिकारी परिवारलाई हस्तांतरण गर्दै स्व.सोर बहादुर अधिकारीको धर्मपत्नी यशोदा अधिकारी, छोराहरु कृष्ण बहादुर अधिकारी, राम बहादुर अधिकारी, वीरेन्द्र अधिकारी र रामहरी अधिकारी सम्पुर्णमा आभार ब्याक्त गर्नु भएको छ।

    यसरी समाजका स्तरोन्नतिको लागि यस विद्यालयमा अध्ययनरत विद्यार्थीको निम्ति सहयोग गर्न पाउदा अधिकारी परिवार समेत खुशी रहेको छोरा कृष्ण अधिकारीले बताएका छन्।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    आज २०८२ साल असार ८ गतेको राशिफल

    आज असार ८, २०८२ (जुन २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वडा स्तरिय बाल संजाल पुनर्गठन

    युवराज राई/असार ७ हेटौड़ा। वडा स्तरिय बाल संजाल भेला पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ। ८...

    एनआरएनएका अध्यक्ष श्रेष्ठलाई अमेरिकास्थित नेपाली दूतावासमा स्वागत

    वासिङ्टन डीसी। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष महेशकुमार श्रेष्ठलाई अमेरिकास्थित नेपाली दूतावासमा राजदूत लोक दर्शन...

    आज २०८२ साल असार ७ गतेको राशिफल

    आज असार ७, २०८२ (जुन २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    संसदको गतिबिधिले जनतामा छाएको निरासा – कमला थापा

    २०८२असार ६ गते शुक्रबार संसदमा अहिले आर्थिक बजेट ०८२/८३ माथि छलफल सुरु भैरहेको छ। साथै...