News Portal

टुँडिखेलमा ७५औं प्रजातन्त्र दिवस भव्य रूपमा मनाइयो

नेपाल सरकारले ७५औं राष्ट्रिय प्रजातन्त्र दिवस विशेष समारोहका साथ मनाएको छ।

संगीता गुरुङ
३३६ पटक

७ फागुन, काठमाडौं – नेपाल सरकारले ७५औं राष्ट्रिय प्रजातन्त्र दिवस विशेष समारोहका साथ मनाएको छ। बुधबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

समारोहको सुरुवात स्वतन्त्रताको प्रतीक परेवा उडाएर गरिएको थियो। नेपाली सेना र नेपाल प्रहरीका टोलिले विविध कला कौशल प्रदर्शन गरेका थिए भने विभिन्न सांस्कृतिक समूहले झाँकीमार्फत नेपाली संस्कृतिको झल्को प्रस्तुत गरे।

प्रजातन्त्र दिवसकै अवसरमा मूल समारोह समितिको आयोजनामा टुँडिखेलस्थित सैनिक मञ्चमा बिहान विशेष कार्यक्रम तय गरिएको छ, जसमा राष्ट्रपति पौडेलको सहभागिता रहनेछ।

सरकारले यो अवसरमा देशभर सार्वजनिक बिदा घोषणा गरेको छ। नेपालमा २००७ साल फागुन ७ गते जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भएको ऐतिहासिक दिनको रूपमा यो दिवस मनाइँदै आएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...