News Portal

एमाले विधान महाधिवेशन : तयारी अन्तिम चरणमा, २३ सयभन्दा बढी सहभागी हुने

२०७ पटक

काठमाडौँ, भदौ १ – नेकपा एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म आयोजना हुने दोस्रो विधान महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउन आवश्यक तयारीलाई तीव्रता दिएको छ । पार्टीले आइतबारदेखि औपचारिक रूपमा ‘काउन्टर डाउन’ सुरु गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको मूल व्यवस्थापन समितिको बैठकमा संगठन विभागले प्रस्तुत गरेको प्रतिवेदनअनुसार, महाधिवेशनमा २१ सय २८ जना प्रतिनिधि र २६४ जना आयोजकसहित जम्मा २३ सय ९२ जना सहभागी हुने निश्चित भएको छ । २०७८ सालमा चितवनमा सम्पन्न १० औँ महाधिवेशनमा सहभागी भएका प्रतिनिधिहरू मात्र विधान महाधिवेशनका प्रतिनिधि हुने भएकाले यसपटक कतिपय केन्द्रीय सदस्य आयोजकको भूमिकामा रहनेछन् ।

पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिँदै सहभागीहरूलाई डिजिटल कार्ड उपलब्ध गराइने बताए । महाधिवेशनलाई भव्य बनाउन ललितपुरको सातदोबाटोदेखि गोदावरीस्थित सनराइज हलसम्म विभिन्न स्थानमा स्वागतद्वार निर्माण गर्ने तयारी भइरहेको छ । बागमती प्रदेश, ललितपुर जिल्ला कमिटी, स्थानीय तहका संरचना र जनसंगठनहरूले स्वागतद्वारको जिम्मा लिएका छन् ।

यसैगरी, महाधिवेशनमा सुरक्षादेखि स्वास्थ्य व्यवस्थासम्मको तयारीलाई पनि गम्भीरतापूर्वक लिइएको छ । करिब ३ सय स्वयंसेवक परिचालन गरिनेछ, जसको नेतृत्व युवा संघ नेपाल, खेलकुद महासंघ लगायतका जनसंगठनहरूले गर्नेछन् । स्थलमा सञ्चारकर्मीलाई सहज समाचार सम्प्रेषणका लागि ‘न्यूज डेस्क’ स्थापना गरिनेछ र मिडिया पासको व्यवस्था गरिनेछ । सहभागीलाई कुनै शुल्क नलिइने तर आवासको व्यवस्था भने उनीहरूले आफैं गर्नुपर्नेछ ।

सातदोबाटोदेखि गोदावरीसम्म सार्वजनिक यातायात सञ्चालन गर्ने जिम्मा विभिन्न कमिटीलाई दिइएको छ । स्वास्थ्य सुरक्षाको दृष्टिले महाधिवेशन स्थलमा चिकित्सकसहित तीन सिफ्टमा स्वास्थ्य परीक्षण डेस्क रहने व्यवस्था मिलाइएको छ ।

महाधिवेशनमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यसअघि भदौ १० गतेसम्म मातहतका सबै कमिटीलाई विधानसम्बन्धी सुझाव दिन आग्रह गरिएको छ, जसलाई प्रतिवेदनमा समेटिनेछ ।

व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले विधान महाधिवेशनलाई पार्टीको नीति, विधि र दिशा तय गर्ने ऐतिहासिक अवसरको रूपमा व्याख्या गरे । उनले महाधिवेशनलाई सफल बनाउन सबै तहका समितिलाई जिम्मेवारीपूर्वक र तीव्र गतिमा काम गर्न निर्देशनसमेत दिए ।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...