News Portal

  • माथिल्लो तहबाट नै अनुशासन उलंघन : नेता राठौर

    हिमाली संचार संवाददाता
    ९९७ पटक

    काठमाडौं, १८ भदौ : नेपाली कांग्रेसको जारी केन्द्रिय कार्य समितिको बैठकमा केन्द्रिय सदस्य किशोर सिंह राठौरले नेपाली कांग्रेस पार्टीका केन्द्रिय नेताहरूबाटै अनुशासन उलंघन गर्ने काम भएको बताएका छन।

    मंगलबार पार्टी मुख्यालय सानेपामा बसेको बैठकमा नेता राठौरले हामी खुलेआम सभापतिलाई गाली गर्दै हिड्छौ अनि पार्टी भित्र अनुशासन भएन भनेर भन्छौ यो कस्तो बिडम्वना हो भनेर प्रश्न पनि गरेका छन। केन्द्रिय सदस्य राठौरले बिद्रोह गरेर उम्मेदवार बनेका सबैलाई कार्वाही गर्नुपर्ने पनि जिकिर गरेका छन।

    राठौरले बिद्रोह गरेर उम्मेदवार बनेकाहरुलाई फुल मालाले सम्मान गर्नु भनेको अनुशासनको धज्जी उडाउनु भएको भन्दै बिद्रोह गरेका सबै उम्मेदवार कार्वाहीको सुचिमा रहेको पनि संकेत गरे।

    नेपाल विद्यार्थी संघको बिधान अनुसार म्याद सकिएर भंग भएको भन्दै यसमा सभापतिलाई दोसारोपन गर्न नहुने पनि बताए।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    बैंक तथा सहकारी शिक्षा सम्बन्धी तालिम सुरु

    रबिन्द्र बराल/ मोरङ, असार ६ – सुनवर्सी–५ स्थित वडा कार्यालयमा तीन दिने बैंक तथा सहकारी...

    आज २०७२ साल असार ६ गतेको राशिफल

    आज असार ६, २०८२ (जुन २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    मितेरी सहकारी ठगी प्रकरणः ज्योतिबहादुर भण्डारीविरुद्ध ७ दिनको म्याद थप

    काठमाडौं, असार ५ – कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएका मितेरी सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त...

    अफताब आलमलाई सफाइ दिने दुई न्यायाधीशमाथि छानबिन, न्याय परिषद्मा तानिए

    काठमाडौं, असार ५ – नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत...

    नेपालमा फेरि कोरोना संक्रमण देखिन थाल्यो, सीमा नाकाबाट जोखिम बढ्दै

    काठमाडौं, असार ५ – नेपालमा कोरोना भाइरस संक्रमण पुनः देखिन थालेको छ। पछिल्लो समय मौसम...