News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • मोना कुवेतद्वारा आयोजित भलिबल प्रतियोगिताको उपाधी इन्डियन टिमको पोल्टामा..

    हिमाली संचार संवाददाता
    ७६५ पटक

    कुवेत, १३ अगस्ट : “इद अल अधा” को शुभ अवसरमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतद्वारा आयोजित खुला पुरुष भलिबल प्रतियोगिताको उपाधी इन्डियन टिमले हात पार्न सफल भएको छ ।

    कुवेतको माबुल्ला स्थित खेल मैदानमा ११ अगष्ट देखि संचालन भएको खुला पुरुष भलिबल प्रतियोगितामा इन्डियन टिमले गण्डकी प्रदेशलाई पराजित गरि प्रथम पुरस्कार नगद १०१ कुवेती दिनार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ। त्यसैगरी गण्डकी प्रदेश ‘ए’ ले द्वितीय पुरस्कार नगद ६१ कुवेती दिनार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

    गण्डकी प्रदेश ‘ए’ का खेलाडी दिपेन शारुमगरले उत्कृष्ट खेलाडी पुरस्कार ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भएका छन । मोना कुवेतद्वारा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए।

    पहिलो चरणको खेलमा गण्डकी प्रदेश ‘ए’ ले मोना कुवेत ‘सि’ लाई पराजित गरेको थियो । मोना कुवेत ‘बि’ ले नेपाल कुवेत सरोकार समाज कुवेतलाई पराजित गरेको थियो । मोना कुवेतले ‘ए’ ले मोना कुवेत ‘दि’ लाई सोझो सेटमा पराजित गरेको थियो। नवलपरासीलाई सोलबियाले पराजित गरेको थियो ।

    बिजेपीलाई इन्डियनले सोझो सेटमा पराजित गरेको थियो । कल्याणकारी नेपाली युवा समाज नेपाल कुवेतले बागलुङ सेवा समाज कुवेतलाई पराजित गरेको थियो । तनहुँलाई नेपाल टिम माबुल्लाले पराजित गरेको थियो भने गण्डकी प्रदेश ‘बि’ लाई सोइवाले पराजित गरेको थियो ।

    त्यसैगरी क्वाटर फाइनलमा गण्डकी प्रदेश ‘ए’ ले मोना ‘बि’ लाई पराजित गरेको थियो । मोना कुवेत ‘ए’ ले सोलबियालाई पराजित गरेको थियो । इन्डियन टिमले कल्याणकारी नेपाली युवा समाज कुवेतलाई पराजित गरेको थियो भने नेपाल टिम माबुल्लाले सोइवालाई पराजित गरेको थियो ।

    सेमिफाइनल खेलमा इन्डियनले नेपाल टिम माबुल्लालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने गण्डकी प्रदेश ‘ए’ ले मोना कुवेत ‘ए’ लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । छेलो प्रतियोगीतामा दिपेन्द्र गौतम प्रथम भएका थिए भने रन रसाइली द्वितीय भएका थिए ।

    छेलो प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई नगद र प्रमाणपत्र पुरस्कार दिइएको थियो भने केही संस्था र ब्याक्तित्वलाई समेत खादा ओडाई कदरपत्र सहित सम्मान गरिएको थियो।

    प्रतिकृया दिनुहोस्

    नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न : १३ विद्यार्थी संगठनको सहभागिता

    काठमाडौं, वैशाख ८ — राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज...

    ८ वटा संघीय अस्पतालमा वैशाखभित्रै थपिँदैछ १५ स्वास्थ्य सेवा

    काठमाडौं, वैशाख ८ – देशभरका संघीय अस्पतालहरूमा स्वास्थ्य सेवा विस्तारको क्रम जारी छ। यही वैशाख...

    रतुवामाईको कोल्ड स्टोर सञ्चालनमा आएन

    मोरङ, वैशाख ८ – मोरङको रतुवामाई नगरपालिका–४ स्थित झुर्किया बजारमा निर्माण सम्पन्न भएको कोल्ड स्टोर...

    आजको राशिफल

    आज वैशाख ८, २०८२ (अप्रिल २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देउवालाई कांग्रेस नेताहरूको प्रश्न: सिंगापुर उपचारपछि बैंकक फलोअप, के हो रहस्य?

    ७ वैशाख, काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवालाई हालै स्वास्थ्य उपचारका लागि सिंगापुर र बैंककको...