News Portal

तपाईंको राशिफल : आज बि.स.२०७५ साल साउन २८ गते सोमवार

हिमाली संचार संवाददाता
७६० पटक

– ज्यो.प. नारायणप्रसाद दुलाल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कामगर्ने जोश,जाँगर र हिम्मत बढ्नेछ । घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । कुविचारमा मन जानेछ । सरकारी निकाएको भय रहनेछ । आत्मघाती काम गर्न पुगिएला सचेत रहनुपर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मित्र वा आफन्तको सहयोगबाट नयाँ कार्यको थालनी हुनेछ । कृषि क्षेत्रमा सफलता पाईनेछ । शुभ समाचार सुन्न पाइएला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अचल सम्पत्ती हातपर्ने योगछ । श्रमदान गर्ने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कार्य सम्पादनमा सहजता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । शुभ समाचार सुन्न पाइएला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । नजिकका व्यक्तिबाट धोका पाइन सक्छ । लगनशील बन्न नसक्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
म र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । रोकिएको कार्य दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आफूलाई अनुशासित र संयम बनाउनु पर्नेछ । लेनदेनमा सजकता अपनाउनु पर्नेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
न्यायिक कार्यमा सफलता मिल्नेछ । आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । वित्तिय संस्था बाट सहयोग पाईनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । आभूषण, श्रृङ्गार, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस्

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...