News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • बलबहादुर समाज सेवामा निरन्तर..

    हिमाली संचार संवाददाता
    ५४५ पटक

    रबिन्द्र बराल/मोरङ
    साउन, १४ मंगलबार : माेरङकाे रतुवामाई नगरपालिका उल्लुघुट्टु ५ कसेनि बसाेवास गर्दे अाएका पुर्वका युवा समाजसेवी एवम् शिक्षाप्रेमि बल बहादुर बस्नेत अहिले समाज सेवामा अग्रसर बन्दै गईरहेका छन। २३ बर्ष देखि शिक्षण पेशामा काम गर्दे अाईरहेका वस्नेत दुई दशक देखि सामाजिक कार्यलाई निरन्तरता दिदै अाईरहेका हुन।

    मंगलबार उनले रतुवामाई नगरपालिका ६ स्थित साैठा बजारमा एक कार्यक्रमकाे अायाेजना गर्दे उनले ससस्त्र प्रहरी वेश क्याप साैठा लाई ४ थान सिलिङ फेन तथा नगरपालिका भित्र रहेका माध्यमिक विद्यालय कल्याणपुर, जनता माध्यमिक विद्यालय लगायत अाधादर्जन विद्यालयमा १ सय २० थान सिलिङ फेन समेत एक कार्यक्रमकाे अायाेजना गरि हस्तान्तरण गरेका छन ।

    उनलेे बिगत केही महिना अगाडि समेत रतुवामाई नगरपालिका भित्र रहेका सामुदायिक विद्यालय अध्यन गर्ने गरिव तथा अतिविपन्न परिवारका बालबालिकाहरुलाई ड्रेस समेत बितरण गरेेेका छन। उनले अाफ्नाे निजि खर्चले माेेेठ, मंन्दिर तथा सार्वजनिक काममा सहयोग समेत गर्दा अाईरहेकाेे बस्नेतले बताए ।

    सहयात्री युवा समाज साैठाकाे अायाेजनामा कार्यक्रम गरिएको थियोे। कार्यक्रमकाे प्रमुख अतिथि रतुवामाई नगरपालिका मेयर रविन राय, बिष्ट अतिथि नागेश्वर प्रसाद सिंह, वडाध्यक्ष तुलाराम लुईटेल, ससस्त्र वेश क्यापका प्रमुख लाेक बहादुर तामाङ लगायतकाे उपस्थित समेत रहेको थियो ।

    वस्नेतले भने गरिव र दुखि हरुकाे सेवा गर्नुनै पुन्य हुने बताउदै उनले भने ४ बर्ष अगाडि माेरङकै कटहरी गाउँपालिकामा बसाेवास गर्दे अाईरहेका अतिनै अतिविपन्न माेहन बहादुर कार्कीका छाेरा हस्त बहादुर कार्कीलाई अाफ्नाे खर्चमा सम्पुर्ण पढाइ खर्च दिएर विद्यालयमा पठनपाठनमा सहयोग गरेको समेत बताए।

    अहिले पनि गाउँ घरमा धेरै मानिसहरु धनी भएता पनि उनीहरुकाे मन कहिले गरिव र असायहपट्टी नगएकाे समेत बताए। कार्यक्रममा चाेमेन्द्र बहादुर खड्काकाे सभापतित्वमा कार्यक्रममा सम्पन भएको थियो।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज चैत्र २९, २०८१ (अप्रिल ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भारतमा पक्राउ परे दुर्गा प्रसाईं, नेपाल ल्याउने तयारीमा प्रहरी

    काठमाडौं, चैत्र २८ – तीनकुनेमा चैत्र १५ गते भएको उग्र प्रदर्शनका मुख्य योजनाकार दुर्गा प्रसाईं...

    धरानको जङ्गलमा मृत भेटिएकी महिलाको सनाखत, घटना रहस्यमय मोडमा

    धरान, चैत्र २८ – धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेकी...

    वार्ता र संवादद्वारा एकताको वातावरण बनाउन एनआरएन अभियन्ता शर्माको अपिल

    काठमाडौँ, चैत्र २८ – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माले बद्री...

    गोरखा–जीतगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा तय गरिने २०७ किमी दूरी

    चैत्र २८, गोरखा – नेपाली सेनाले गोरखा दरबारदेखि ऐतिहासिक जीतगढीसम्मको एकीकरण मार्गमा पदयात्राको तेस्रो संस्करण...