News Portal

  • विश्वकप क्रिकेटमा पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले जित हात पार्‍यो

    हिमाली संचार संवाददाता
    ४३५ पटक

    एजेन्सी : आईसीसी विश्वकप क्रिकेटमा पाकिस्तानले अफगानिस्तान विरुद्ध तीन विकेटको रोमाञ्चक जित निकालेको छ । यो जितसँगै पाकिस्तानले सेमिफाइनलसम्म पुग्ने सम्भावना कायमै राखेको छ। टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२७ रन बनाएको थियो । २२८ रनको लक्ष्य पाकिस्तानले दुई बल बाँकी छँदा भेटायो।

    पाकिस्तानको जितमा इमाद वसिमले सबैभन्दा धेरै ४९ रन योगदान गरे । उनी म्यान अफ द म्याच बने । बाबर आजमले ४५ र इमाम उल हकले ३६ रन बनाए । अफगानिस्तानका लागि मुजिब उर रहमान र मोहम्मद नबीले दुई-दुई तथा राशिद खानले एक विकेट लिए।आठ खेलमा पाकिस्तान चार जित, तीन हार र एक बराबरीसहित नौ अंकका साथ चौथो स्थानमा आएको छ । जारी विश्वकपमा अफगानिस्तानले भने लगातार आठौं हार व्यहोरेको छ ।

    अफगानिस्तानका बलरले शानदार बलिङ गरेका थिए । जसका कारण पाकिस्तानका ब्याट्सम्यानहरु खुलेर खेल्न सकेनन् । पहिलो ओभरमै मुजिब उर रहमानले पाकिस्तानका फखर जमानलाई आउट गरेर पाकिस्तानको शुरुवाती खेल बिगारिदिएका थिए । त्यसपछि इमाम उल हक र बाबर आजमले टिमलाई सम्हाल्ने कोशिस गरे । यी दुई पनि धेरैबेर टिक्न सकेनन् र पबेलियन फर्किए ।

    त्यसपछि मोहम्मद हफिज (१९), हरिस सोहेल (२७) र कप्तान सरफराज अहमद (१८) ले पनि राम्रो रन बनाउन सकेनन् । तर इमाद वसिम (नटआउट ४९) ले पारी सम्हाले र अन्तिममा वहाब रियाजसँग मिलेर उनले पाकिस्तानलाई जित दिलाए । यद्यपि उनी अर्धशतक बनाउन एक रनले चुके ।

    अफगानिस्तानको तर्फबाट स्पीनर मुजिब उर रहमान, मोहम्मद नबी र राशिद खानले शानदार बलिङ गरे ।
    पहिले ब्याटिङ गर्ने अफगानिस्तानको निर्णय सही साबित भएन । उसले २७ रनको स्कोरमा २ विकेट गुमाइसकेको थियो । ओपरन रहमत शाहले ३५ रन भन्दा बढी बनाउन सकेनन् । टिमको स्कोर जब ५७ रन हुँदा उनी पनि आउट भए ।

    इमराम अली खिल २४, असगर अफगान ४२, मोहम्मद नबीले १६, नजिबुल्लाह जादरान ४२ र समिउल्लाह सेनवारीले १९ रन बटुल्दै अफगानिस्तानलाई सम्मानजक स्कोरसम्म पुर्‍याए। पाकिस्तानको बलिङ पनि शानदार रह्यो । शाहीद अफि्रदीले १० ओभरमा ४८ रन दिएर चार विकेट झारे । यसैगरी इमाद वसिम र वहाब रियाजले दुई-दुई विकेट लिए । एक विकेट शादाब खानको नाममा रह्यो ।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    रंगेलीमा अटिजम भएका बालबालिका विद्यालय जानबाट वञ्चित

    रविन्द्र बराल/ मोरङ, असार ४ – रंगेली नगरपालिका भित्र पछिल्लो समयमा अटिजम भएका बालबालिकाहरू विद्यालय...

    झापाली समाज कुवेतको छैटौँ महाधिवेशन ११ जुलाईमा हुने

    कुवेत, असार ४ – कुवेतमा रहेका झापालीहरूको साझा संगठन झापाली समाज कुवेत ले आउँदो ११...

    काठमाडौंमा रिबर्मा खोलाको पानी वितरण सुरु, मेलम्ची आयोजनाको पुनरागमन

    काठमाडौं, असार ४ – राजधानीवासीका लागि खानेपानी आपूर्तिमा राहत दिने उद्देश्यले मेलम्ची आयोजनाबाट रिबर्मा खोलाको...

    नागढुंगा सुरुङमार्ग पुसदेखि सञ्चालनमा, निर्माण कार्य अन्तिम चरणमा

    काठमाडौं, असार ४ – नेपालको पहिलो सडक सुरुङमार्गको रूपमा चिनिएको नागढुंगा–सिस्ने खोला सुरुङमार्ग अब आगामी पुस...

    त्रिभुवन विमानस्थलबाट १ किलो बढी सुन बरामद, भारतीय महिला पक्राउ

    काठमाडौं, असार ४ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एकपटक सुन तस्करीको प्रयास विफल पारिएको छ।...