News Portal

दाइजो नपाउने भएपछि राति १ बजे बेहुला मण्डपबाटै हिडेपछी..

हिमाली संचार संवाददाता
७५१ पटक

काठमाडौं : मोरङको जहदा गाउँपालिका–४ का २४ वर्षीय लक्ष्मण राजवंशीले बेहुली अस्वीकार गरेका छन्। विवाहको कार्यक्रम चलिरहेका बेला उनले दाइजो बापत मोटरसाइकल, सुनको सिक्री र डायनिङ टेवल खोजेका थिए। त्यो नपाउने थाहा पाएपछि उनी हिँडेका थिए। जेठ ३ गते दाइजो नपाएपछि विवाह मण्डपबाटै हिँडेको अन्नपूर्णपोष्टदैनिकमा खबर छ ।

उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। मण्डपबाटै बेहुला हिँडेपछि जन्ती त्यत्तिकै फर्किएका थिए। मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार जहदा–४ का राजवंशी र सोही वडाकी २१ वर्षीय एक युवतीका पक्षबीच कुराकानी भएर राजीखुसीका साथ जेठ ३ गते विवाह सुरु भएको थियो।

स्थानीय बासिन्दाका अनुसार सुरुमै दाइजो नदिने सहमतिमा दुवैपक्ष बिहे गर्न राजी भएका थिए। बिहेको कार्यक्रम चलिरहेका बेला बेहुलाले मण्डपमै दाइजो मागेका थिए। बेहुली पक्षले आर्थिक अवस्था न्यून भएकाले माग भए बमोजिमको दाइजोको सामग्री दिन नसक्ने बताएपछि राजवंशी बेहुली छोडेर राति १ बजे हिँडेका थिए।

बेहुलासँगै जन्ती पनि बिहे घरबाट हिँडेपछि बेहुली पक्षले प्रहरीमा जाहेरी दिएका थिए। स्थानीय बासिन्दाले पनि दाइजोको निहुँमा बेहुली अस्वीकार गरेर युवतीको भविष्यमाथि खेलवाड गर्न खोजेको भन्दै राजवंशीमाथि कारवाहीको माग गरेका छन्। महिला अधिकारकर्मी सञ्जु साहले दाइजो लिन र दिन नहुने कुरा कानुनले स्पष्ट व्यवस्था गरेको बताइन्।

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...