News Portal

अन्ततः धुर्मुसले चितवनमै बनाउने भए अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

हिमाली संचार संवाददाता
८०० पटक

काठमाडौं – कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ जनसहयोगबाट अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि कस्सिएको ४ महिनाभन्दा बढी भयो । यसबीचमा देशका विभिन्न स्थानमा रहेका सार्वजनिक जग्गाको अध्ययन- मूल्यांकनपछि उनी अन्ततः चितवनमा अडिएका छन् ।

ललितपुरको गोदावरीमा रहेको जग्गा छनोट गरी खेलकुद मन्त्रालयमा प्रस्तावसमेत पठाइएको थियो । तर, प्राविधिक टोलीले जग्गा अनुपयुक्त भएको ठहर गर्‍यो ।

त्यसपछि धुर्मुस चितवन पुगेका हुन् । भरतपुर महानगरपालिकाले पहिले नै रंगशाला निर्माणका लागि धुर्मुस-सुन्तली फाउन्डेसनलाई आमन्त्रित गरेको थियो ।

अब कुनै व्यवधान नआए चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान परिसरमा रहेको जग्गामा रंगशाला निर्माण हुनेछ । यसका लागि केही दिनभित्रै धुर्मुस-सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता हुने मेयर रेणु दाहालले बताइन् । ‘हामी अहिले सो जग्गा प्राप्तिको लागि आवश्यक प्रक्रियामा छौ, केही दिनमै टुंगो लाग्छ,’ उनले भनिन् ।

मेयर दाहालका अनुसार त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको रामपुर क्याम्पसको जग्गा महानगरपालिकाले रंगशाला निर्माणका लागि लिन लागेको हो । सट्टाभर्नामा क्याम्पसलाई अर्को जग्गा दिने महानगरपालिकाको योजना छ ।

करिब २५ विघा प्रस्तावित जग्गा रंगशाला निर्माणका लागि सबै हिसाबले उपयुक्त रहेको फाउन्डेसनले पनि ठहर गरेको छ ।

फाउन्डेसनको प्राविधिक टोली त्यहाँ पुगेर जग्गाको प्राविधिक पक्ष विश्लेषण गरेको थियो । रंगशाला निर्माण नेपाल सरकार, भरतपुर महानगरपालिका र धुर्मुस-सुन्तली फाउन्डेसनको त्रिपक्षीय समन्वयमा सम्पन्न हुने मेयर दाहालले बताइन् ।

आर्थिक स्रोत कसरी जुटाउने भन्ने विषय चाहिँ छलफलको क्रममा नै रहेको उनको भनाइ छ । ‘हामीले जग्गा मात्र दिएर बाँकी सबै जिम्मेवारी उहाँहरु -धुर्मुस-सुन्तली फाउन्डेसन) को टाउकोमा हालिदिन खोजेका होइनौं । रंगशाला निर्माणको सम्पूर्ण प्रक्रियामा हामी जवाफदेही हुनेछौं । भोलि आर्थिक कारणले निर्माण अलपत्र हुने अवस्था आउन दिँदैनौं’, मेयर दाहालले भनिन् ।

धुर्मुस-सुन्तली फाउन्डेसनले यसअघि सर्वसाधारणबाट सहयोग संकलन गरेर ४ वटा नमूना बस्ति निर्माण गरिसकेको छ । तर, रंगशाला निर्माणका लागि सहयोग आह्वान गर्ने/नगर्ने भन्नेबारे टुंगो नलागिसकेको मेयर दाहालले प्रतिक्रिया दिइन् ।

सामाजिक अभियन्ता धुर्मुसले भने जग्गा प्राप्ति हुनासाथ रंगशाला निर्माण सुरु गर्न आफूहरु तयारी अवस्थामा रहेको बताए । ‘हामी शिलान्यास गरेको २ वर्षभित्र एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि सक्षम छौं,’ अनलाइनखबरमा समाचार छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...