News Portal

अन्ततः धुर्मुसले चितवनमै बनाउने भए अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

हिमाली संचार संवाददाता
८५९ पटक

काठमाडौं – कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ जनसहयोगबाट अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि कस्सिएको ४ महिनाभन्दा बढी भयो । यसबीचमा देशका विभिन्न स्थानमा रहेका सार्वजनिक जग्गाको अध्ययन- मूल्यांकनपछि उनी अन्ततः चितवनमा अडिएका छन् ।

ललितपुरको गोदावरीमा रहेको जग्गा छनोट गरी खेलकुद मन्त्रालयमा प्रस्तावसमेत पठाइएको थियो । तर, प्राविधिक टोलीले जग्गा अनुपयुक्त भएको ठहर गर्‍यो ।

त्यसपछि धुर्मुस चितवन पुगेका हुन् । भरतपुर महानगरपालिकाले पहिले नै रंगशाला निर्माणका लागि धुर्मुस-सुन्तली फाउन्डेसनलाई आमन्त्रित गरेको थियो ।

अब कुनै व्यवधान नआए चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान परिसरमा रहेको जग्गामा रंगशाला निर्माण हुनेछ । यसका लागि केही दिनभित्रै धुर्मुस-सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता हुने मेयर रेणु दाहालले बताइन् । ‘हामी अहिले सो जग्गा प्राप्तिको लागि आवश्यक प्रक्रियामा छौ, केही दिनमै टुंगो लाग्छ,’ उनले भनिन् ।

मेयर दाहालका अनुसार त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको रामपुर क्याम्पसको जग्गा महानगरपालिकाले रंगशाला निर्माणका लागि लिन लागेको हो । सट्टाभर्नामा क्याम्पसलाई अर्को जग्गा दिने महानगरपालिकाको योजना छ ।

करिब २५ विघा प्रस्तावित जग्गा रंगशाला निर्माणका लागि सबै हिसाबले उपयुक्त रहेको फाउन्डेसनले पनि ठहर गरेको छ ।

फाउन्डेसनको प्राविधिक टोली त्यहाँ पुगेर जग्गाको प्राविधिक पक्ष विश्लेषण गरेको थियो । रंगशाला निर्माण नेपाल सरकार, भरतपुर महानगरपालिका र धुर्मुस-सुन्तली फाउन्डेसनको त्रिपक्षीय समन्वयमा सम्पन्न हुने मेयर दाहालले बताइन् ।

आर्थिक स्रोत कसरी जुटाउने भन्ने विषय चाहिँ छलफलको क्रममा नै रहेको उनको भनाइ छ । ‘हामीले जग्गा मात्र दिएर बाँकी सबै जिम्मेवारी उहाँहरु -धुर्मुस-सुन्तली फाउन्डेसन) को टाउकोमा हालिदिन खोजेका होइनौं । रंगशाला निर्माणको सम्पूर्ण प्रक्रियामा हामी जवाफदेही हुनेछौं । भोलि आर्थिक कारणले निर्माण अलपत्र हुने अवस्था आउन दिँदैनौं’, मेयर दाहालले भनिन् ।

धुर्मुस-सुन्तली फाउन्डेसनले यसअघि सर्वसाधारणबाट सहयोग संकलन गरेर ४ वटा नमूना बस्ति निर्माण गरिसकेको छ । तर, रंगशाला निर्माणका लागि सहयोग आह्वान गर्ने/नगर्ने भन्नेबारे टुंगो नलागिसकेको मेयर दाहालले प्रतिक्रिया दिइन् ।

सामाजिक अभियन्ता धुर्मुसले भने जग्गा प्राप्ति हुनासाथ रंगशाला निर्माण सुरु गर्न आफूहरु तयारी अवस्थामा रहेको बताए । ‘हामी शिलान्यास गरेको २ वर्षभित्र एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि सक्षम छौं,’ अनलाइनखबरमा समाचार छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...