News Portal

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको सांगितिक कार्यक्रम स्थलसम्म जान निःशुल्क यातायातको ब्यवस्था, लाईभ दोहोरी धमका पनि चल्ने !

हिमाली संचार संवाददाता
६२३ पटक

कुवेत : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतले अंग्रेजी नयाँ वर्ष २०१९ को अवसर पारेर कुवेतमा आयोजना गर्न लागेको सांगितिक कार्यक्रम हेर्न अाउने दर्शकहरुको लागि यातायातको व्यवस्था गरेको इनास कुवेतका अध्यक्ष डोलराज न्याैपानेले जानकारी दिएका छन।

चर्चित लोकदोहोरी गायक तथा राष्ट्रिय कलाकार खुमन अधिकारीको विशेष सांगितिक प्रस्तुति रहने यहीँ शुक्रबार हवालीको ब्वाइट स्काउट एसशिएसनको थिएटर हलमा आयोजना गरिएको सांगितिक कार्यक्रम स्थलसम्म अाइपुग्नको लागी दर्शकश्रोताहरू लाई सहज होस भन्ने उदेश्यका साथ अायोजकले निःशुल्क बस सेवाको ब्यवस्था गरेको जनाएका छन् ।

यो पनि पढ्नुहोस।

कुवेतमा जनवरी ४ मा हुने सांगीतिक कार्यक्रमको तयारी पुरा, खुमन अधिकारीले धमका मच्चाउदै !

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतले जिलिब पानी ट्यांकी अव्बासिया फरवानिया हुँदै हवालीसम्म जाने बसको ब्यवस्था गरेको छ भने दक्षिण तर्फका बस्तीहरू फाहाहिलको ग्राण्डहाइपरबाट बस छुट्नेछ भने मंगाफको राउण्ड अबाउट हुँदै अबुहलिफा राउण्ड अबाउट माहबुला सि-साइड फिन्टास हुँदै हवालीसम्म जाने बसको ब्यवस्था गरेको इनास्ले जनाएको छ।

अतिथि कलाकार खुमन अधिकारी बिहिबार बिहान ५ बजे फ्लाइ दुबइको उडान मार्फत कुवेतको शेख शाद अल अब्दुल्लाहा बिमानस्थलमा आइपुग्ने छन। उक्त समयमा कुवेतवासी सम्पुर्ण नेपालीहरूलाई अतिथि कलाकारको स्वागतका लागी उपस्थित हुन आयोजकले अनुरोध गरेको छ।

उक्त कार्यक्रममा कुवेतवासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यहि शुक्रबार बिहान ११ बजे उपस्थिति भइदिनको लागि इनास कुवेतले अपिल गरेको छ।

साथै उक्त दिन सो कार्यक्रममा गायक अधिकारी लगायत कुवेतका स्थानीय कलाकारहरूको लाईभ दोहोरी धमका चल्ने समेत आयोजक सस्था इनासले हिमाली संचार डटकमलाई जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...