News Portal

कुवेतमा जनवरी ४ मा हुने सांगीतिक कार्यक्रमको तयारी पुरा, खुमन अधिकारीले धमका मच्चाउदै

हिमाली संचार संवाददाता
८६९ पटक

कुवेत : आउदो शुक्रबार आयोजना गरिएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेतको सांगीतिक कार्यक्रमको तयारी पुरा भएको छ। अंग्रेजी नयाँ बर्ष २०१९  जनवरी ४ तारिख हुने बृहत सांगीतिक कार्यक्रममा लोकप्रिय गायक गीतसंगीत सिर्जना गरेर दर्शक तथा स्रोताको मन जितन सफल बहुचर्चित गायक खुमन अधिकारीको साथमा मनाउने कार्यक्रमको सम्पूर्ण तयारी भएको समाजका अध्यक्ष डोल राज न्यौपानेले जानकारी दिए।

उक्त सांगीतिक कार्यक्रमका लागी बहुचर्चित लोक गायक खुमन अधिकारी जनवरी ३ तारिख बिहान ५ बजे फ्लाई दुबई एरवेजबाट कुवेत आइपुग्ने हुँदा सम्पूर्ण कुवेतमा कृयासिल संघसँस्थालाई स्वागतको लागी उपस्थित हुन आयोजकले अनुरोध गरेको छ ।

“मौलिक कला र सस्कृतिका साथमा कलाकारको जगेर्ना गरौं” भन्ने मुल नाराका साथ स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेतले कुवेतमा अंग्रेजी नयाँ बर्ष २०१९ जनवरी ४ तारिख हुने बृहत सांगीतिक कार्यक्रम भब्य रुपमा सफल पार्न जोडतोडका साथ लागेको संस्थाका अध्यक्ष डोलराज न्यौपानेले जानकारी दिए।

कार्यक्रममा अतिथि कलाकारले धमाका मच्चाउने छन् भने स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ।

संस्थाका अध्यक्ष डोलराज न्यौपानेले बिगतका दिनहरुमा जस्तै यस पकटको कार्यक्रममा पनि सबैको सहकार्य अपरिहार्य रहेको बताउदै कुवेतमा कृयाशिल सम्पूर्ण संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण कुवेतबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यकाममा उपस्थितिको लागी अनुरोध गरेका छन ।

             तपशिल

मिति : जनवरी ४ तारिख शुक्रबार २०१९
स्थान : हवालीस्थित बोय स्काउट थियटरमा (सेन्टर पोइन्टको अगाडी)
समय : बिहान ११ बजे
आयोजक : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुबेत।

प्रतिकृया दिनुहोस्

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...