News Portal

  • बलिउडका दिग्गज धर्मेन्द्र देओलको निधन, ८९ वर्षको उमेरमा अन्तिम बिदा

    ७० पटक

    मुम्बई, कार्तिक २५ – बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा उनले संसारलाई बिदा गरेका हुन्। लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित धर्मेन्द्रलाई हिजो राति सास फेर्न गाह्रो भएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो। उपचारका क्रममा चिकित्सकहरूले निकै प्रयास गरे पनि उनलाई बचाउन सकिएन।

    अस्पतालमा देओल परिवारका सबै सदस्य उपस्थित थिए, भने धर्मेन्द्रको स्वास्थ्य बुझ्न सलमान खान, शाहरुख खानलगायत बलिउडका ठूला कलाकारहरू पनि पुगेका थिए।

    १९३५ डिसेम्बर ८ मा पञ्जाबमा जन्मिएका धर्मेन्द्रको पूरा नाम धरम सिंह देओल हो। उनका पिता विद्यालयका हेडमास्टर थिए। बाल्यकालमै उनले सुरीया अभिनीत फिल्म ‘दिल्लीगी’ देखेपछि अभिनयप्रति गहिरो रुचि बढेको बताइन्छ। उनले यो फिल्म लगातार ४० दिनसम्म हेरेका थिए र सिनेमाघर पुग्न माइलौँ पैदल यात्रा गर्ने गर्थे।

    पछिल्लो समयमा फिल्मफेयर पत्रिकाले नयाँ प्रतिभा खोज कार्यक्रम घोषणा गरेपछि धर्मेन्द्रले आवेदन दिएका थिए। छनोट भई मुम्बई पुगेका उनले त्यहीँबाट आफ्नो अभिनय यात्रा सुरु गरे। मेहनत, आकर्षण र अभिनय क्षमताको बलमा धर्मेन्द्रले दशकौँसम्म हिन्दी सिनेमामा आफ्नो राज कायम राखे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...

    बलिउडका दिग्गज धर्मेन्द्र देओलको निधन, ८९ वर्षको उमेरमा अन्तिम बिदा

    मुम्बई, कार्तिक २५ – बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...

    २२ दिनदेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध, मोबाइल बैङ्किङ प्रयोगकर्ता समस्यामा

    हिक्मत आचार्य/काठमाडौँ। तीन सातादेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध हुँदा ग्राहक ठुलो मर्कामा परेका...

    आज २०८२ साल कार्तिक २५ गतेको राशिफल

    आज कार्तिक २५, २०८२ (नोभेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...