News Portal

पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

१४४ पटक

पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता अभिमन्यु पाण्डे पक्राउ परेका छन्।

कास्की प्रहरीका अनुसार पाण्डेले पोखराको पृथ्वीचोकस्थित शहीद लखन थापाको शालिक फुटाउने र व्यवसायी बिन्दु थापाको घरमा आगजनी गर्न आग्रह गरेको प्रमाण भेटिएको छ। मंगलबार बिहान उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पाण्डे पोखरामा सञ्चालनमा रहेको संघर्षशील सहकारीका अध्यक्षसमेत हुन्। उनले सो सहकारीको रकम दुरुपयोग गरेको आरोपमा यसअघि पनि पक्राउ परेका थिए र धरौटीमा छुटेका थिए।

डीएसपी हरि बस्नेतका अनुसार उनका विरुद्ध आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता गरिएको छ र हाल थप अनुसन्धान अघि बढाइएको छ।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...