News Portal

  • तीन वर्षे बालक अक्षतराजको नाममा मादल बजाउने अनौठो कीर्तिमान

    हिमालीसंचार संवाददाता
    ३९८ पटक

    काठमाडौं, वैशाख २८ – सानै उमेरमा असाधारण प्रतिभा देखाउँदै मोरङका बालक अक्षतराज पौडेलले मादल बजाउने क्षेत्रमा ऐतिहासिक कीर्तिमान राख्न सफल भएका छन्। जम्मा तीन वर्षको उमेरमै उनले मादलमा देखाएको दक्षता अहिले चर्चा र प्रशंसाको केन्द्र बनेको छ।

    सन् २०२२ मार्च २५ मा जन्मिएका पौडेलले लोकसंगीत ‘लेकाली हो चोया को डोको…’ मा हार्मोनियमसँगको समन्वयमा तीन मिनेट ६ सेकेण्डसम्म मादल बजाएर एशिया बुक अफ रेकर्डसमा आफ्नो नाम दर्ता गराएका हुन्। बालकले यति सानो उमेरमा बाजा बजाउने क्षमताको प्रदर्शन गर्नु नेपाली सांगीतिक संस्कृति र प्रतिभाको उज्यालो भविष्यको संकेत हो।

    अक्षतराज हाल राजधानीको कागेश्वरी मनहरामा बसोबास गरिरहेका छन्। उनका पिता अनिल पौडेल र आमा इन्दिरा पौडेल सन्तानको अद्भुत उपलब्धिमा गर्वित छन्। उनीहरू भन्छन्, “छोराको प्रतिभाले हाम्रो मात्रै होइन, देशकै शिर उच्च बनाएको छ।”

    पौडेलसँग अरू धेरै गीतहरूको तालमा समेत मादल बजाउने सीप रहेको परिवारको भनाइ छ। बाल्यकालमै यस्तो समर्पण र लयबद्धता देखाउनु सामान्य कुरा होइन। संगीतप्रतिको गहिरो रुचि र अभ्यासले अक्षतराजलाई भविष्यमा अझ नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

    यस कीर्तिमानसँगै अक्षतराज न केवल बाल प्रतिभाका प्रतीक बनेका छन्, नेपाली मौलिक बाजा र संस्कृति प्रति नयाँ पुस्तामा जागरण ल्याउने प्रेरणास्रोत समेत हुन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...