News Portal

  • मकै भित्र्याउन कृषकहरू व्यस्त

    रबिन्द्र बराल
    ८९ पटक

    मोरङ, वैशाख २८ – रंगेली, सुनवर्सी, रतुवामाई, धनपालथान लगायतका दक्षिणी भेगमा बसोबास गर्ने कृषकहरू अहिले मकै बाली भित्र्याउन व्यस्त छन्। अन्य बालीको तुलनामा मकै खेतीबाट राम्रो आम्दानी हुन थालेपछि मोरङका कृषकहरू मकै खेतीतर्फ आकर्षित हुन थालेका हुन्।

    बलौटे माटोमा समेत मकै उत्पादन हुन थालेपछि पहिले बाँझो रहेको खेत पनि अहिले हरियालीले भरिएको देखिन्छ। फागुन महिनामा रोपिएको मकै जेठ महिनामा भित्र्याउने गरिन्छ।

    यद्यपि मकै खेतीमा अन्य बालीभन्दा बढी खर्च र मेहनत गर्नुपर्ने हुन्छ, यसबाट अपेक्षाकृत राम्रो आम्दानी हुने भएकाले कृषकहरू यसतर्फ आकर्षित भएका छन्। स्थानीय कृषक बैजनाथ मण्डल भन्छन्, “मकै राम्रो आम्दानीको स्रोत बन्न थालेको छ, तर त्यहीअनुसार सहयोग पाइँदैन।”

    स्थानीय सरकारले कृषकका समस्याप्रति गम्भीर चासो नदेखाएकोमा गुनासो गर्दै अर्का कृषक पप्पु कुमार साह भन्छन्, “हामीले अनुदान त के पायौं र, मलसमेत आवश्यकता अनुसार उपलब्ध हुँदैन।” उनले १२ बिघा जमिनमा मकै खेती गरे पनि अहिले मजदुरको अभावले मकै खेतमै थन्किनु परेको दुःखेसो गरे।

    हाल व्यापारीहरूले काँचो मकै १,००० रुपैयाँ प्रतिक्विन्टल र सुक्खा मकै ३,२०० रुपैयाँ प्रतिक्विन्टलको दरमा खरिद गरिरहेका छन्।

    एक बिघा खेतमा बीउ, मलखाद, सिँचाइ, गोडमेल र मकै बोकाइसम्मका लागि करिब ७० हजार रुपैयाँ खर्च हुने कृषकहरूको भनाइ छ।

    अहिले केही ठाउँमा मजदुरहरू बिहान ८ बजेदेखि दिउँसो ५ बजेसम्म टन्टलापुर घाममा काम गर्दै प्रतिदिन ५ सय रुपैयाँ पारिश्रमिक र एक छाक खानामा मकै टिपिरहेका छन्। उनीहरूले आफ्नो ज्याला बढाउनुपर्ने मागसमेत गरेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    एनआरएनए एनसीसीहरू फुटाउन हरेक हत्कण्डा प्रयोग गर्दै बद्री–हेमराज समूह

    काठमाडौँ, असार १५ – अवैधानिक रूपमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटारस्थित केन्द्रीय कार्यालय कब्जा...

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय

    काठमाडौं, असार १५ – नेपाली कांग्रेसले सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेन्डा तय...

    युरोप, अमेरिका र मध्यपूर्वका अधिकांश एनसीसीले बद्री केसी नियन्त्रित एमआईएस अस्वीकार

    काठमाडौं, असार १५ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को अनलाइन सदस्यता प्रणाली (एमआईएस) लाई युरोप,...

    प्रमिलाको निशुल्क रुपमा उपचार गराइयो

    मोरङ, असार १५ – कानेपोखरी–२ दलेलीस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका पाण्डे ऋषिदेवकी २ वर्षीया...

    जापान जाने श्रमिकसँग असुली, सर्वोच्चको कारण देखाउ आदेश

    काठमाडाैं, असार १५ – जापानमा रोजगारीका लागि योग्य भइसकेका नेपाली श्रमिकसँग अनधिकृत शुल्क असुलेको आरोपमा सर्वोच्च...