News Portal

नारायणगढ–बुटवल सडक विस्तारले गति लियो, फेब्रुअरीसम्म एकतर्फी कालोपत्र सम्पन्न गर्ने लक्ष्य

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तार कार्य तीव्र रूपमा अघि बढिरहेको छ।

संगीता गुरुङ
२५० पटक

माघ २१, काठमाडौँ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तार कार्य तीव्र रूपमा अघि बढिरहेको छ। नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार हाल पूर्वीखण्डको १८ स्थानमा कालोपत्र गर्ने कार्य जारी छ। फेब्रुअरी महिनाभित्र गैँडाकोटदेखि दुम्कीबाससम्म एकतर्फी कालोपत्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हालसम्म पूर्वीखण्डको ६५ किलोमिटरमध्ये ४० किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ भने दुई लेनको हिसाबले ६४ किलोमिटर सडकमा कालोपत्र सम्पन्न भइसकेको छ। अब २२ किलोमिटर थप कालोपत्र गरेपछि नारायणघाटदेखि दाउन्नेसम्मको एक लेनमा कालोपत्र कार्य सम्पन्न हुनेछ।

सडक विस्तारको कामलाई तीव्र बनाउन ग्रेडर, लोडर, एक्साभेटरसहित १८ स्थानमा ५५० जना श्रमिक परिचालित छन्। हालसम्म समग्र भौतिक प्रगति ५३.३ प्रतिशत पुगेको छ भने पछिल्लो एक महिनामा मात्र १.४३ प्रतिशत प्रगति भएको छ। जनवरी महिनामा पाँच किलोमिटर सडक कालोपत्र भइसकेको छ भने थप १२ किलोमिटर कालोपत्रका लागि तयारी भइरहेको छ। गैँडाकोटको नारायणी पुल आसपास, डण्डा, सिजी तथा अरुणखोला बजार क्षेत्रमा कालोपत्र कार्य तीव्र गतिमा अघि बढिरहेको छ।

यस सडक विस्तारको जिम्मा चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसन लिमिटेड’लाई दिइएको छ। विसं २०७५ माघ २२ मा नेपाल सरकार र निर्माण कम्पनीबीच २०७९ साउन २२ भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। तर, विभिन्न अवरोधका कारण समयमा काम नसकिएपछि पहिलोपटक २०८० साउन ८ र दोस्रोपटक २०८१ साउन ८ सम्मका लागि म्याद थप गरिएको थियो। कोभिड महामारी, निर्माण सामग्री अभावलगायतका कारण देखाउँदै तेस्रोपटक म्याद थप गरिएको थियो। चार महिनासम्म निर्माण कार्य ठप्प भएपछि सरकारले निर्माण कम्पनीलाई कारबाहीको चेतावनी दिँदै पत्राचार गरेपछि डिसेम्बर २०२४ देखि पुनः निर्माण कार्य तीव्र पारिएको हो।

निर्माण सम्पन्न भएपछि हाल दुई लेन रहेको सडकलाई चार लेनमा विस्तार गरिनेछ। दुई–दुई लेनको बीचमा तीन मिटर चौडाइको ‘ग्रीनरी जोन’ निर्माण गरिनेछ, जसमा विभिन्न बिरुवा रोपिने छन्। बजार क्षेत्रमा भने प्रत्येक दिशातर्फ ६/६ मिटरको ‘सर्भिस लेन’ निर्माण हुनेछ, जसले यात्रु चढ्ने–ओर्लने सहजता प्रदान गर्नेछ। बजार क्षेत्रमा १७.६ किलोमिटर सडकमा सर्भिस लेन बनाइने योजना छ। समग्र रूपमा ४२.७ किलोमिटर सडक चार लेनको हुनेछ भने दाउन्ने क्षेत्रमा पर्ने पाँच किलोमिटर सडक तीन लेनको रहनेछ। सरकारको लक्ष्य आगामी साउन ८ भित्र निर्माण कार्य सम्पन्न गर्ने रहेको छ।

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...