News Portal

  • नारायणगढ–बुटवल सडक विस्तारले गति लियो, फेब्रुअरीसम्म एकतर्फी कालोपत्र सम्पन्न गर्ने लक्ष्य

    पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तार कार्य तीव्र रूपमा अघि बढिरहेको छ।

    संगीता गुरुङ
    १६७ पटक

    माघ २१, काठमाडौँ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तार कार्य तीव्र रूपमा अघि बढिरहेको छ। नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार हाल पूर्वीखण्डको १८ स्थानमा कालोपत्र गर्ने कार्य जारी छ। फेब्रुअरी महिनाभित्र गैँडाकोटदेखि दुम्कीबाससम्म एकतर्फी कालोपत्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हालसम्म पूर्वीखण्डको ६५ किलोमिटरमध्ये ४० किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ भने दुई लेनको हिसाबले ६४ किलोमिटर सडकमा कालोपत्र सम्पन्न भइसकेको छ। अब २२ किलोमिटर थप कालोपत्र गरेपछि नारायणघाटदेखि दाउन्नेसम्मको एक लेनमा कालोपत्र कार्य सम्पन्न हुनेछ।

    सडक विस्तारको कामलाई तीव्र बनाउन ग्रेडर, लोडर, एक्साभेटरसहित १८ स्थानमा ५५० जना श्रमिक परिचालित छन्। हालसम्म समग्र भौतिक प्रगति ५३.३ प्रतिशत पुगेको छ भने पछिल्लो एक महिनामा मात्र १.४३ प्रतिशत प्रगति भएको छ। जनवरी महिनामा पाँच किलोमिटर सडक कालोपत्र भइसकेको छ भने थप १२ किलोमिटर कालोपत्रका लागि तयारी भइरहेको छ। गैँडाकोटको नारायणी पुल आसपास, डण्डा, सिजी तथा अरुणखोला बजार क्षेत्रमा कालोपत्र कार्य तीव्र गतिमा अघि बढिरहेको छ।

    यस सडक विस्तारको जिम्मा चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसन लिमिटेड’लाई दिइएको छ। विसं २०७५ माघ २२ मा नेपाल सरकार र निर्माण कम्पनीबीच २०७९ साउन २२ भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। तर, विभिन्न अवरोधका कारण समयमा काम नसकिएपछि पहिलोपटक २०८० साउन ८ र दोस्रोपटक २०८१ साउन ८ सम्मका लागि म्याद थप गरिएको थियो। कोभिड महामारी, निर्माण सामग्री अभावलगायतका कारण देखाउँदै तेस्रोपटक म्याद थप गरिएको थियो। चार महिनासम्म निर्माण कार्य ठप्प भएपछि सरकारले निर्माण कम्पनीलाई कारबाहीको चेतावनी दिँदै पत्राचार गरेपछि डिसेम्बर २०२४ देखि पुनः निर्माण कार्य तीव्र पारिएको हो।

    निर्माण सम्पन्न भएपछि हाल दुई लेन रहेको सडकलाई चार लेनमा विस्तार गरिनेछ। दुई–दुई लेनको बीचमा तीन मिटर चौडाइको ‘ग्रीनरी जोन’ निर्माण गरिनेछ, जसमा विभिन्न बिरुवा रोपिने छन्। बजार क्षेत्रमा भने प्रत्येक दिशातर्फ ६/६ मिटरको ‘सर्भिस लेन’ निर्माण हुनेछ, जसले यात्रु चढ्ने–ओर्लने सहजता प्रदान गर्नेछ। बजार क्षेत्रमा १७.६ किलोमिटर सडकमा सर्भिस लेन बनाइने योजना छ। समग्र रूपमा ४२.७ किलोमिटर सडक चार लेनको हुनेछ भने दाउन्ने क्षेत्रमा पर्ने पाँच किलोमिटर सडक तीन लेनको रहनेछ। सरकारको लक्ष्य आगामी साउन ८ भित्र निर्माण कार्य सम्पन्न गर्ने रहेको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...