News Portal

विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

२१९ पटक

काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी इन्डिया सँग प्रतियुनिट ६.९५ भारु दरमा विद्युत् खरिद सम्झौता गरेको खुलेको छ। यस कदमले करिब ४३ करोड रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको आरोप उठेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाल को मिलेमतोमा सम्झौता गरिएको दाबी गरिएको छ। ऐन अनुसार यस्तो सम्झौताका लागि विद्युत् नियमन आयोगको पूर्व स्वीकृति आवश्यक हुन्छ, तर प्राधिकरणले स्वीकृति आउनुअघि नै सम्झौता गरेको प्रमाण सार्वजनिक भएको हो।

प्राधिकरणले २७ असोजमा सम्झौता गरेको थियो भने आयोगले २९ असोजमा मात्रै स्वीकृति दिएको थियो। यसले मन्त्री घिसिङको “सम्झौता पारदर्शी” भएको दाबीलाई शंका उत्पन्न गराएको छ।

प्राधिकरणभित्रका स्रोतहरूका अनुसार मूल्य निर्धारण, ट्रान्समिसन शुल्क र चुहावटको गणनामा हेरफेर गरी करोडौंको गडबडी गरिएको छ। नियमन आयोगले यस प्रकरणमा कानुनी अनुसन्धान र आवश्यक कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको बताइएको छ।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...