News Portal

विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

१८२ पटक

काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी इन्डिया सँग प्रतियुनिट ६.९५ भारु दरमा विद्युत् खरिद सम्झौता गरेको खुलेको छ। यस कदमले करिब ४३ करोड रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको आरोप उठेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाल को मिलेमतोमा सम्झौता गरिएको दाबी गरिएको छ। ऐन अनुसार यस्तो सम्झौताका लागि विद्युत् नियमन आयोगको पूर्व स्वीकृति आवश्यक हुन्छ, तर प्राधिकरणले स्वीकृति आउनुअघि नै सम्झौता गरेको प्रमाण सार्वजनिक भएको हो।

प्राधिकरणले २७ असोजमा सम्झौता गरेको थियो भने आयोगले २९ असोजमा मात्रै स्वीकृति दिएको थियो। यसले मन्त्री घिसिङको “सम्झौता पारदर्शी” भएको दाबीलाई शंका उत्पन्न गराएको छ।

प्राधिकरणभित्रका स्रोतहरूका अनुसार मूल्य निर्धारण, ट्रान्समिसन शुल्क र चुहावटको गणनामा हेरफेर गरी करोडौंको गडबडी गरिएको छ। नियमन आयोगले यस प्रकरणमा कानुनी अनुसन्धान र आवश्यक कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको बताइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...