News Portal

बनमन्त्री विरुद्ध आफ्नै मतदाता उत्रिएपछि..

हिमाली संचार संवाददाता
६५० पटक

जाजरकोट : ६ महिनापछि गृह जिल्ला जाजरकोट पुगेका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसमक्ष अपेक्षा अनुरुप काम नगरेको भन्दै आफ्नै कार्याकर्ताले असन्तुष्टि पोखेका छन्। सदरमुकाम खलंगामा आयोजित नेकपाका अगुवा कार्याकर्तासँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री बस्नेतसमक्ष कार्यकर्ताले असन्तुष्टि पोखेका हुन्। अन्नपूर्ण पोस्ट दैनिकले समाचार लेखेको छ ।

दुई तिहाईको बाम सरकारले गठनसँगै विकासले गति लिने विश्वास लिएका यहाँका स्थानीयले सरकार गठन भएको लामो समयसम्म पनि कुनै खालको सुशासन र विकासको प्रत्याभुति हुन नसकेको भन्दै गुनासो पोखेका हुन्। लामो समयपछि जिल्लामा आउँदा कार्यकर्ताको माग र गुनासोले मन्त्री हैरान भएका छन्।

जिल्लाका धेरैजसो ग्रामीण भेगमा टेलिफोनको असुविधा रहेको तर टावर निर्माणका लागि पहल नगरेको, जाजरकोट अस्पतालमा दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक नभएको, करोडौको सेतक चिनी अवैध रुपमा चोरी निकासी भैरहेको, सदरमुकाम खलंगाको गैरीखाली–ठाँटी जोड्ने सडकमा बजेट विनियोजन नहुनु, मोर्कखोला पुल छ वर्षसम्म पनि निर्माण नहुनु, भेरी नगरपालिकाको पासागाडमा पुल अलपत्र, मध्यपहाडी लोकमार्गअन्तर्गत कुदुको पुल निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयले मन्त्रीसँग आक्रोश पोखेका छन्।

खलंगा–पाँचकाटीया सडकमा ट्याक खुलेको दश वर्षसम्म यातायातका साधन चल्न नसक्नु, खलंगादेखि तल्लुसम्म पिचको काम अलपत्र पर्दा पनि मन्त्री बस्नेतले कुनै चासो नदिएको भन्दै कार्यकर्ता र स्थानीय बासिन्दालले असन्तुष्टि प्रकट गरेको नेकपाका अगुवा कार्यकर्ता कमान खड्काले बताए। त्यस्तै जिल्लाका अधिकांश कार्यालय रुकुम र सुर्खेत सर्दा पनि जिल्लामै स्थापनाका लागि मन्त्री बस्नेतले कुनै पहल नगरेको उनले बताए।

सरकारको काम गर्ने शैली सुस्त भएको, नागरिकको अपेक्षा अनुरुप काम गर्न नसकेको, आर्थिक, सामाजिक र विकासको दृष्ट्रिकोण पछि परेको जाजरकोटको विकासका लागी मन्त्री बस्नेतले ध्यान नदिएको नेकपाका कार्यकर्ता नवेन्द्र नेपालीले बताए । उनले आफुहरुले सरकारलाई गतिशिल बनाउन र विकासको दृष्टिकोणले पछि परेका जाजरकोट लगायतका जिल्लाको विकासमा ध्यान दिन आग्रह गरेको बताए ।

जवाफमा मन्त्री बस्नेतले भने, ‘संविधान कार्यान्वयन गर्नुपर्ने र करिब तीन सय ५० कानुन बनाउनुपर्ने, प्रशासनिक संरचना र वित्तिय पुर्नसंरचना गर्नुपर्ने भएकाले सरकारको ध्यान त्यतातिर गएको हो। सरकारले अव पिकअप लिन्छ । जनअपेक्षा अनुसारका काम अगाडी बढाउँछौ।अब सरकार फुल फेजमा काम गर्छ।’

उनले बन मन्त्रालये बन क्षेत्रको उद्यमशीलता, जडिबुटी विकास अभियानलगायतका कार्यबाट यसै आर्थिक वर्षमा एक लाख युवालाई रोजगारी दिने गरी काम भैरहेको बताए। ‘निर्वाचनको बेला नेकपाले गरेका सवै प्रतिवद्धता पूरा हुन्छन्’, उनले भने । पार्टी एकिकरण पछि नेकपाका अगुवा कार्यकर्ता सँगको अन्र्तक्रियामा तीव्र असन्तुष्टि प्रकट भएको छ।

जिल्लाबाट निर्वाचित स्थायी समिति सदस्य समेत रहेका बस्नेतसँग कार्याकर्ताले केन्द्रमा एकता भएपनि तल्लो तहसम्म हुन नसकेको, जिल्ला कमिटी, नगर र गाउँ कमिटी पुर्नगठन नहुँदा कार्यकर्तामा स्वच्छाचारीपन बढ्दै गएको पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि व्यक्ति‍गत ढंगले आफू खुसी काम गर्ने गरेको, जनप्रतिनिधीलाई निर्देशन दिने समिति नहुँदा काममा स्वच्छाचारी प्रवृत्ति हावी हुँदै गएको गुनासो गरेका छन्।

कार्यकर्ताको गुनासोलाई सम्बोधन गदै नेता बस्नेतले केही समय भित्रै पार्टी एकीकरणको प्रक्रिया तल्लो तह सम्मै पुरा हुने आश्वासन दिए । कार्याकर्तालाई निराश नहुन आग्रह गदै भने ‘संविधान निर्माण र कार्यान्वयनको महत्वपूर्ण काम सकेर अब पार्टी एकीकरणको सबै काम टुङ्गोमा पुर‍‍याउँछौं।’

यसैबीच निर्वाचित संघीय सांसदमार्फत वितरण हुने गरी प्राप्त स्थानीय पूर्वाधार साझेदारी विकास कार्याक्रमको बजेट वितरण कार्यकर्तामुखी भएको प्रतिपक्षको आरोप छ। चार करोडमध्य ५० लाखका दुईवटा र अन्य १८ आयोजनामा बजेट विनियोजन भएको छ। अधिकांश बजेट टुक्रे सडकमा छुट्याएको छ। ‘जिल्लाको विकास गर्ने भन्दा कार्यकर्तामुखी र टुक्रे योजनामा बजेट विनियोजन गरियो, बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले भने, ‘वितरणुमखी र कार्यकर्तामुखी बजेट बाँडफाँडले जिल्लाको समृद्धि हुँदैन।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...