News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • पाकिस्तानी जेलमा रहेका इमरान खानले बेलायतस्थित अक्सफोर्डको कुलपति बन्न किन दिए आवेदन ?

    हिमालीसंचार संवाददाता
    २१३ पटक

    काठमाण्डौ। जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खानले बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयको चान्सलर (कुलपति) बन्न आवेदन दिएका छन्। अर्थात् उनी अक्सफोर्डको चान्सलरका लागि चुनाव लड्दै छन्।

    उम्मेदवारका रूपमा इमरानले अन्तिम म्यादको अन्तिम दिन अगस्ट १८ मा औपचारिक आवेदन दिएका हुन्। यो कुरा इमरान खानका सल्लाहकार जुल्फी बुखारीले सोसल मिडिया प्लेटफर्म ‘एक्स’बाट दिएका हुन्।

    जुल्फी बुखारीले भनेका छन्, ‘इमरान खानको निर्देशनअनुसार अक्सफोर्ड विश्वविद्यालयको कुलपतिको निर्वाचनका लागि उनको आवेदन पेस गरिएको छ। यस ऐतिहासिक अभियानमा हामीलाई तपाईंको साथ चाहिन्छ।’

    तर धेरैलाई जिज्ञासा लागिरहेको छ– पाकिस्तानका इमरान, त्यसमाथि जेलमा रहेका उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको कुलपति बन्न किन आवेदन दिए ?

    जुल्फी बुखारी भन्छन्, ‘उनी (इमरान खान) विगतमा ब्राडफोर्ड विश्वविद्यालयका कुलपति भइसकेका व्यक्ति हुन् र उनले यो महत्त्वपूर्ण जिम्मेवारी इमान्दारीका साथ निर्वाह गरेका छन्। त्यसैले उनी यस पदका लागि सबैभन्दा योग्य व्यक्ति हुन्।’ उनले थपे, ‘उनको मुद्दा टुंगिँदै छ, यदि उनले चुनाव जिते भने सम्भवतः डिसेम्बरसम्म जिम्मेवारी सम्हाल्नेछन्।’

    पीटीआईले इमरान खानको यस निर्णयको पछाडिको उद्देश्यबारे कुनै जानकारी दिएको छैन, तर विश्लेषकहरू इमरान निर्वाचित भएमा यो ठूलो कुरा हुने र उनको राजनीतिक र कूटनीतिक प्रभाव हुने बताउँछन्।

    चुनाव जित्ने उम्मेदवार १० वर्षका लागि कुलपति पदमा रहन्छन्, तर यो सेरेमोनियल पद हो। यस पदमा कुनै तलब वा भत्ता हुँदैन भने कुनै प्रशासनिक जिम्मेवारी पनि हुँदैन। तर, विश्वविद्यालयको उपकुलपति नियुक्ति, महत्त्वपूर्ण समारोहको अध्यक्षता गर्ने, कोष संकलन गर्ने र स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विश्वविद्यालयको प्रतिनिधित्व गर्ने काममा कुलपतिको महत्त्वपूर्ण भूमिका हुन्छ।

    महत्त्वपूर्ण कुरा के हो भने अक्सफोर्ड विश्वविद्यालयको कुलपतिका लागि बेलायतमा बस्न जरुरी छैन। तर, उसले सबै महत्त्वपूर्ण कार्यक्रममा उपस्थित हुन आवश्यक हुन्छ, जसका लागि यात्रा खर्च विश्वविद्यालयले बेहोर्छ।

    निर्वाचनका लागि विश्वविद्यालयको परिषद्ले ‘कुलपति निर्वाचन समिति’ गठन गर्छ, जसको काम निर्वाचन प्रक्रियालाई नियमअनुसार व्यवस्थित र अनुगमन गर्ने हो।

    यस प्रतिस्पर्धामा इमरान खानको सहभागिता हालै मतदान प्रणालीमा गरिएको संशोधनले सम्भव भएको हो, जसअनुसार विश्वविद्यालयका पूर्व विद्यार्थी, वर्तमान तथा पूर्वकर्मचारीले अनलाइनमार्फत मत दिन सक्नेछन्।

    यस प्रक्रियालाई दीक्षान्त समारोह भनिन्छ। यसअघि दीक्षान्त समारोहमा उम्मेदवार र मतदाताले व्यक्तिगत रूपमै उपस्थित हुनुपर्ने व्यवस्था थियो।

    अक्सफोर्ड विश्वविद्यालयका अनुसार अब विश्वभरबाट २.५ लाखभन्दा बढी योग्य मतदाताले कुलपतिको निर्वाचनमा भाग लिन सक्नेछन् निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली अक्टोबरमा प्रकाशन गरिनेछ र अक्टोबर २८ गते मतदान प्रक्रिया सुरु हुनेछ।

    विशेष कुरा के हो भने अहिले अध्ययनरत विद्यार्थी, विश्वविद्यालयका कर्मचारी वा कुनै पनि राजनीतिक पदमा रहेका व्यक्तिले यो निर्वाचनमा भाग लिन पाउने छैनन्।

    सन् २००३ देखि अक्सफोर्डको चान्सलर रहेका क्रिस्टोफर फ्रान्सिस प्याटनले गत जुलाई ३१ मा राजीनामा दिएपछि सो पद खाली छ। ८० वर्षीय लर्ड प्याटन हङकङका अन्तिम गभर्नर थिए र यसअघि बेलायतको कन्जरभेटिभ पार्टीका अध्यक्ष पनि थिए।

    अक्सफोर्डका प्रसिद्ध पाकिस्तानी विद्यार्थी !

    इमरान खानले १९७२ मा अक्सफोर्ड विश्वविद्यालयको केबल कलेजमा पढेका थिए र १९७५ मा राजनीति, दर्शन र अर्थशास्त्रमा स्नातक गरेका थिए।

    यस अवधिमा उनले क्रिकेटमा विश्वविद्यालयका लागि धेरै पुरस्कार जितेका थिए। त्यही समयमा बेनजिर भुट्टो पनि अक्सफोर्डमा पढ्दै थिइन् र इमरानका अनुसार उनीहरूबीच मित्रता थियो।

    बेलायतको सबैभन्दा पुरानो र प्रतिष्ठित अक्सफोर्ड युनिभर्सिटीले ‘प्रसिद्ध अक्सोनियन’को सूचीमा समावेश गरेका पाकिस्तानका पाँच व्यक्तिमध्ये ७१ वर्षीय इमरान खान पनि एक हुन्।

    अन्य चार व्यक्तिमा पाकिस्तानका प्रथम प्रधानमन्त्री लियाकत अली खान, पूर्व प्रधानमन्त्री जुल्फिकार अली भुट्टो, उनकी छोरी तथा पूर्व प्रधानमन्त्री बेनजिर भुट्टो र पूर्व राष्ट्रपति फारुक अहमद लेघारी हुन्।

    इमरान खान डिसेम्बर २००५ देखि नोभेम्बर २०१४ सम्म बेलायतकै ब्राडफोर्ड विश्वविद्यालयका कुलपति थिए। विश्वविद्यालयको वेबसाइटका अनुसार आफ्नो ८ वर्षको कुलपति कार्यकालमा इमरानले विश्वविद्यालयमा नयाँ इन्स्टिच्युट अफ क्यान्सर थेराप्युटिक्सको आधारशिला खडा गरेका थिए।

    त्यसबेलादेखि त्यो संस्थान र इमरान खानको शौकत खानम मेमोरियल अस्पताल तथा अनुसन्धान केन्द्रबीच घनिष्ठ सम्पर्क छ। इमरान खानले यस पदबाट राजीनामा दिएपछि विश्वविद्यालयका उपकुलपति, प्रोफेसर ब्रायन क्यान्टरले उनको सेवाको प्रशंसा गर्दै भनेका थिए, ‘उनी विश्वविद्यालयका लागि एक अद्भुत राजदूत र हाम्रा विद्यार्थीका लागि एक उत्कृष्ट रोल मोडल हुनुहुन्छ।’

    बीबीसी हिन्दीकाे सहयोगमा।

    प्रतिकृया दिनुहोस्

    नेपाल एकता पार्टी घोषणा, पृथ्वीपथ र महेन्द्रपथ मूल सिद्धान्त

    काठमाडौं। डा.महेन्द्रजंग शाहको अध्यक्षतामा नेपाल एकता पार्टी घोषणा भएको छ। आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा...

    फर्मासिस्टले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

    काठमाडौँ। आगामी पुस ४ गतेदेखि फर्मासिस्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था...

    घुम्ती शिविरबाट ४ सय नेपालीले लिए राहदानी

    क्यानडामा सञ्चालित घुम्ती शिविरबाट क्यानडाका ४ सय नेपालीले लिए राहदानी क्यानडा। क्यानडाको राजधानी ओटावास्थित नेपाली...

    द्वन्द्वपीडित भन्छन्- ‘घर गुजारा चलाउन पनि कठिनाइ भयो’

    नेपालगञ्ज। सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा...

    मन्त्री पाण्डेसँग सांसद बजगाईंले मागे माफी

    काठमाडौं। नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले पर्यटनमन्त्री बद्री पाण्डेसँग माफी मागेका छन्। सांसद बजगाईँले मन्त्री...