News Portal

सन्तोष परियार नयाँ शक्ति र प्रगतिशील अभियानमा समाहित, ७ मंसिरमा बृहत् एकता घोषणा

१८६ पटक

काठमाडौं, कार्तिक २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा समाहित हुने भएका छन्।

तीन पक्षबीच ७ मंसिरमा बृहत् एकता घोषणा गर्ने सहमति भएको छ। नयाँ शक्तिका संयोजक दुर्गा सोव, प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराँती र सन्तोष परियारले सार्वजनिक सहमति पत्रमा हस्ताक्षर गर्दै एकीकृत पार्टीको नाम र चुनाव चिह्न एउटै बनाउने निर्णय गरेका छन्।

सहमति पत्र अनुसार नयाँ एकीकृत पार्टीले देशभित्र र विदेशमा रहेका प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी तथा देशभक्त शक्तिहरूलाई राजनीतिक पुनर्संरचनामा सहभागी हुन आह्वान गरेको छ। साथै, भ्रष्टाचार, अनैतिक प्रवृत्ति र अहंकारी कार्यलाई निर्वाचनमार्फत परास्त गर्न नयाँ तथा वैकल्पिक शक्ति र नवयुवालाई एकत्रित गराउन जोड दिएको छ।

यस कदमलाई जेनजी आन्दोलनको पृष्ठभूमिमा उठेको चुनौतीपूर्ण ऐतिहासिक कार्यभार पूरा गर्दै राष्ट्रिय राजनीतिमा अग्रगामी निकास र समग्र पुनर्संरचनाको लक्ष्यसाथ गरिएको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...