News Portal

सीआईबी भन्दै रकम ट्रान्सफर गराउने दुई जना पक्राउ

२५४ पटक

काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषा, मिथिला नगरपालिका–९ का ४१ वर्षका रबिन कोइराला र धनकुटा, महालक्ष्मी नगरपालिका–७ का ३३ वर्षका योगेन्द्र पौडेल छन्। दुवैजना राजधानीमा बसेर सक्रिय रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

कात्तिक १६ गते कोटेश्वरमा तीन–चार जनाको समूहमा पुगेका उनीहरूले खाजा खाइरहेका दुई युवालाई ‘सीआईबीबाट आएका’ भन्दै रकम मागेका थिए। पीडितलाई डर देखाउँदै ५०–५० हजार रुपैयाँ इसेवामा ट्रान्सफर गराउन लगाइएको थियो। त्यससँगै ६ हजार रुपैयाँ नगद समेत लिएर उनीहरू फरार भएका थिए। घटनाबारे जानकारी दिँदै एसपी पवन भट्टराईले समूहले योजनाबद्ध रूपमा ठगी गरेको बताए।

प्रहरीले पक्राउ परेकामध्येबाट ११ वटा पासपोर्ट, १३ वटा विभिन्न संस्थाका आईडी, ४ वटा कार्यालयका छाप, ३ वटा एटीएम कार्ड, नगद रसिदका थान, विभिन्न निवेदन र मिलापत्रका कागजात बरामद गरेको छ। उनीहरूले प्रेसको नक्कली परिचयपत्र समेत बोक्दै आएको खुल्न आएको छ।

बानेश्वर प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर ठगी तथा अपराधिक लाभसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको छ। यो प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट ३ दिनको अतिरिक्त म्याद अनुमति लिइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...